काठमाडौ २७ बैशाख । भारत र पाकिस्तानबीच द्वन्द्व चर्किंदै जाँदा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पाकिस्तानी सेनाप्रमुख जनरल असिम मुनिरसँग कुराकानी गरेका छन्।
उनले संवादका लागि अमेरिकी सहयोगको प्रस्ताव गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
‘आज अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पाकिस्तान सेनाप्रमुख असिम मुनिरसँग कुरा गर्नुभयो,’ प्रवक्ता ट्यामी ब्रुसले भनेका छन्, ‘उहाँले दुवै पक्षलाई तनाव कम गर्न आग्रह गर्नुभयो र द्वन्द्व टार्नका लागि रचनात्मक संवाद सुरु गराउन अमेरिकी सहयोग प्रस्ताव गर्नुभयो।’
जनरल मुनिर पाकिस्तानका प्रमुख निर्णयकर्ता बनेका छन्। त्यसैले उनीसँगको रुबियोको कुराकानीलाई अमेरिकाले शान्तिका लागि गरेको पहिलो अर्थपूर्ण प्रयासका रुपमा हेरिएको छ। एजेन्सी








प्रतिक्रिया दिनुहोस्