काठमाडौ २७ बैशाख । भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा सरकारले दुवै देशमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन भन्दै आपतकालीन सहयोग चाहिएमा दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।
नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले सूचना निकालेर भारतमा रहेका नेपालीलाई सङ्कटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको ठाउँको पहिचान गर्न पनि अनुरोध गरेको छ ।
सङ्कटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको ठाउँको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा सम्वन्धी निर्देशनहरूको पालना गर्न दूतावासले अनुरोध गरेको हो ।
कुनै आपतकालीन अवस्था आएमा दूतावासको आवश्यक समन्वय र सहजीकरण गर्ने सूचनामा उल्लेख छ । भारतमा रहेका नेपालीलाई अप्ठ्यारो परी आवश्यक सहयोग चाहिएमा नयाँ दिल्लीमा रहेको राजदूतावास र कोलकातामा रहेको नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गर्न सक्नेछन् ।








प्रतिक्रिया दिनुहोस्