ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ गभर्नर नियुक्तिमा सत्तारुढ दलबीच हानथाप


abc news
बैशाख २६, २०८२ शुक्रबार  ४ : १२ बजे

काठमाडौ २६ बैशाख । संसददेखि विभिन्न छलफल र बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा प्रश्न उठ्दै आएको भए पनि सरकारले अहिलेसम्म नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन । नेपाल राष्ट्र बैंक ऐनमा अर्थमन्त्रीको अध्यक्षतामा गभर्नर सिफारिस समितिको व्यवस्था गरेको छ । यही व्यवस्थालाई टेकेर अर्थमन्त्रीको अध्यक्षतामा रहने सिफारिस समिति बनेको थियो ।

समितिले गभर्नरको नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरहरूमध्येबाट तीन जनाको नामावली नेपाल सरकार, मन्त्रिपरिषद्मा सिफारिस गर्ने ऐनमा उल्लेख भए पनि योग्य भन्दा पनि आफ्नो पार्टी निकटलाई गभर्नर बनाउन बर्तमान नेतृत्वबीच प्रतिष्पर्धा देखिएको छ ।

राष्ट्र बैंकको गभर्नरबाट महाप्रसाद अधिकारीले उमेर हदका कारण चैत २४ मा अवकास पाउनुभएको थियो । त्यसयता रिक्तताको एक महिना बितिसकेको छ । गभर्नर नियुक्तिमा भइरहेको ढिलाइको एउटा कारण नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा। नीलम ढुङ्गाना तिम्सिना पनि रहेको टिप्पणी हुँदै आएको छ । उहाँले खासगरी कार्यकारी निर्देशक डा। गुणाकर भट्टको राजीनामा स्वीकृत गर्नुभएको छैन ।

राष्ट्र बैंकको नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले गएको मङ्गलवार एक विज्ञप्तिमार्फत भट्टको राजीनामा स्वीकृत नगरेको विषयलाई लिएर ढुङ्गानाको आलोचना समेत गरेको थियो । कामू ढुङ्गानाकै कारण सरकारलाई अप्ठ्यारो परिरहेको नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बताउनुभएको छ ।

हिजोको मन्त्रिपरिषद् बैठकबाट गभर्नर नियुक्त हुनसक्ने कतिपयले आँकलन गरेका भए पनि सरकारले निर्णय गरेन । कामू गभर्नर ढुङ्गानालाई २०७७ सालमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले डेपुटी गभर्नर बनाएको थियो । वर्तमान सरकारले नै उनलाई कायममुकायम गभर्नर बनाएको थियो । राजीनामा दिएर गभर्नरको प्रतिष्पर्धामा आउन चाहेका भट्ट नेपाली कांग्रेस निकट मानिनुहुन्छ ।

यसैबीच सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्ति हुने बताउनुभएको छ । उहाँको निजी निवास बुढानीलकण्ठमा आज बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषय ढिलो भएको पदाधिकारीको गुनासोपछि अब छिटै नियुक्ति हुने आश्वासन दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com