ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा दक्षिण एसियाली कलाकारहरुको आवासीय प्रदर्शनी


एबीसी न्यूज

काठमाडौं, २३ वैशाख । पाकिस्तानमा दक्षिण एसियाली कलाकारहरुको एक महिना लामो आवासीय प्रदर्शनी शुरु भएको छ । पाकिस्तान नेशनल काउन्सिल अफ आट्र्सले आयोजना गरेको प्रदर्शनीमा नेपाल र माल्दिभ्सका कलाकारहरू सहभागी छन् ।

उनीहरुले पाकिस्तानका विभिन्न स्थानमा एक महिना लामो सांस्कृतिक सिर्जनाहरु प्रस्तुत गर्नेछन् । हिजो राजधानी इस्लामाबादमा भएको प्रदर्शनीको औपचारिक उद्घाटन समारोहमा पाकिस्तानका लागि नेपाली राजदूत रिता धिताललगायत फिलिपिन्स, माल्दिभ्सका राजदूतहरु उपस्थित थिए । त्यसैगरी चिनियाँ दूतावासका सांस्कृतिक सहचारीलगायत पाकिस्तानी विदेश मन्त्रालयका अधिकारीहरुको उपस्थिति रहेको बताइन्छ ।

उनीहरुले लाहोर, तटीय शहर कराँची र उत्तरी स्कार्दुमा आफ्ना सिर्जना प्रस्तुत गर्दैछन् । सहभागी नेपाली कलाकार विधाता केसीले भनिन्, ‘सबैभन्दा अद्भूत अनुभवहरूमध्ये पाकिस्तान मेरो लागि सँधै प्रेरणाको स्रोत बनेको छ । पाकिस्तान कलात्मक सम्पदाले समृद्ध छ । सौन्दर्यरुपी कलाले मलाई निकै उत्प्रेरित गरिरहेको छ ।’ कार्यक्रममा अन्य कलाकारले पनि आफ्ना धारणा राखेका थिए ।

दक्षिण एसियाली कलाकार आवासाीय कार्यक्रम नेपालस्थित पाकिस्तानी दूतावास, माल्दिभ्सस्थित पाकिस्तान उच्चायोग र पाकिस्तानको परराष्ट्र मन्त्रालयको सहकार्यमा आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com