ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट पाटनको गाबहाल पुर्‍याइँदै


एबीसी न्यूज
बैशाख १८, २०८२ बिहीबार  १० : ३७ बजे

काठमाडौं १८ बैशाख । वर्षा र सहकालको देवताको रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ तानेर आज पुल्चोकबाट पाटनको गाबहाल पुर्‍याइँदैछ।

रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा १६८२ वर्ष पुरानो मानिन्छ। अक्षय तृतीयको भोलिपल्टबाट रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु हुन्छ।

मच्छिन्द्रनाथलाई आज पाटनको पुल्चोकबाट तानेर गाबहाल पुर्याइने छ भने त्यसको पर्सि पल्ट गाबहालबाट तानेर मंगलबजार सम्म पुर्‍याउँने परम्परा रहेको यो जात्राको विषयमा जानकार प्रकाश अवालेले जानकारी दिए।

रातो मच्छिन्द्रनाथको रथलाई तानेर जहाँ पुर्‍याइन्छ सोही क्षेत्रमा जात्रा मनाउने परम्परासमेत छ। मंगलबजारबाट सुन्धारा हुँदै नगरका विभिन्न क्षेत्रमा तान्दै रथलाई लगनखेलमा पुर्याइन्छ।

रातो मच्छिन्द्रनाथको रथलाई लगनखेल पुर्‍याएको चौथौ दिनमा नरिवल खसाल्ने जात्राको रूपमा मनाउने परंपरा छ।

नरिवल खसाल्ने जात्रालाई पनि ऐतिहासिक जात्राको रूपमा लिने गरिन्छ। नरिवल खसाल्ने जात्रा सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको रथलाई महिलाहरूले मात्र तान्ने परम्परा छ। यसलाई एकल महिला जात्रा पनि भन्ने गरिन्छ।

रथलाई महिलाहरूले तानेर इतिटोलको चार दोबाटोमा पुर्‍याइने छ। इतिटोलमा मच्छिन्द्रनाथलाई राखेको चार दिनमा पाटन दरबार स्क्वायरको फल्चामा बसेर ज्योतिषहरूबाट दिन हेर्ने प्रचलन छ।

त्यसपछि शुभ साइत पारेर रातो मच्छिन्द्रनाथको रथलाई पाटनको इतिस्टोलबाट तानेर ज्याउलाखेल पुर्याउने परम्परा छ। ज्याउलाखेल पुर्‍याएको चौथौ दिन राष्ट्रपतिको उपस्थितिमा भोटो देखाउने प्रचलन छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

सम्बन्धित

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com