काठमाडौं १८ बैशाख । साउदी अरेबियाले भारत र पाकिस्तानबीच जारी तनावप्रति चिन्ता व्यक्त गरेको छ।
साउदी अरबको विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत यस विषयमा विज्ञप्ति जारी गरेको छ।
विदेश मन्त्रालयले आफ्नो पोस्टमा भनेको छ, ‘साउदी अरेबियाले भारत र पाकिस्तानबीच बढ्दो तनाव र दुवै देशबाट सीमापार निरन्तर गोलीबारी भएकामा चिन्ता व्यक्त गर्दछ।’
साउदी शासनले दुवै पक्षलाई तनाव कम गर्न र विवाद कूटनीतिक रूपले समाधान गर्न अपिल गरेको छ।
साउदी अरेबियाले दुवै देशलाई जनता र क्षेत्रको शान्ति र स्थिरताका लागि मिलेर काम गर्न आग्रह गरेको छ।
यसअघि सोमबार चीन, अमेरिका, टर्की र कतारले भारत र पाकिस्तानले विवाद कम गर्ने आशा व्यक्त गरेका थिए।
अप्रिल २२ मा जम्मु(कश्मीरको पहलगाममा आतंककारी हमला गरी २६ पर्यटक मारिएयता भारत र पाकिस्तानबीच मनमोटाव बढेको छ। एकअर्कालाई धमाधम कारबाही गरिरेहका छन्।







प्रतिक्रिया दिनुहोस्