ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ सामानमा ६० अर्ब डलर शुल्क लगाउने अमेरिकाको घोषणा


admin
चैत्र ९, २०७४ शुक्रबार  ६ : ३३ बजे

काठमाडौं, ९ चैत । अमेरिकाले चिनियाँ सामानमाथि ६० अर्ब डलरसम्म शुल्क लगाउने र अमेरिकामा चीनको लगानीलाई सीमित बनाउने निर्णय गरेको छ।

कैयौं वर्षदेखि चीनले बौद्धिक सम्पत्ती चोरी गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ र त्यसकै बदलामा यो निर्णय गरिएको जनाइएको छ।

चीनको अर्थव्यवस्थाले दिइरहेको अनुचित प्रतिस्पर्धालाई चुनौती दिन यी कदमहरू आवश्यक रहेको ह्वाइट हाउसले जनाएको छ।

राष्ट्रपति ट्रम्पले व्यापार सम्बन्धी कार्यालयलाई नयाँ करमा ६० अर्ब डलर शुल्क तिर्नुपर्ने सामानहरूको सूची प्रकाशित गर्न १५ दिनको समय दिएका छन्।

चीनको प्रतिक्रिया

ह्वाइट हाउसले परिवर्तन ल्याउनका लागि गरिरहेको वर्षौंदेखिको वार्ता विफल भएको जनाएको छ।
चीनले भने आवश्यक उपायहरूसहित त्यसको प्रतिकार गर्न आफू तयार भएको भन्दै प्रतिक्रिया दिएको छ।

उसले आफ्नो हितका लागि अमेरिकासँगको कुनै पनि व्यापार युद्धमा अन्त्यसम्म लड्ने जनाएको हो।

अमेरिकाको उक्त घोषणाप्रति लगानीकर्ताहरूले प्रतिक्रिया जनाएसँगै अमेरिकाको शेयर बजार बिहीवार निकै कममा बन्द भएको छ।

व्यापार युद्ध

अमेरिकाको पछिल्लो घोषणासँगै अमेरिकाको डाउ जोन्स परिसूचक दिनको अन्त्यमा २.९ प्रतिशत भन्दा बढीले घटेर २३ हजार ९ सय ५७ मा टुंगिएको छ जुन अहिलेसम्मको पाचौं ठुलो गिरावट हो।

चीनमाथि लगाइने प्रतिबन्धसम्बन्धी टिपोटमा हस्ताक्षर गर्दै ट्रम्पले यसबारे अमेरिका र चीनले वार्ता गरिरहेको र उनले अमेरिकी कम्पनीहरूका लागि पारस्परिक व्यापार शर्त खोजिरहेको बताएका छन्।

चीनमाथि शुल्क लगाउने फैसला गर्नुअघि गत वर्ष अगष्टमा ट्रम्पले चीनका नीतिहरूको जाँच गर्न आदेश दिएका थिए।

चीनमाथि सामानमा शुल्क लगाउनु राजनीतिक रूपमा लोकप्रिय र चुनावी अभियानको बेलाको मुख्य प्रतिवद्धता पूरा गरेको देखिए पनि यसले विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध बढाउन सक्ने बताइएको छ।

 

बीबीसी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन आज सार्वजनिक हुने, दोषीलाई विशेष अदालतमा मुद्दा चलाउन सिफारिस

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

सम्बन्धित

ट्रम्पकालीन अपमानसँग भारतले कसरी जुध्नुपर्छ?

प्यालेस्टाइनको निर्वाचन आयोगले वेस्ट बैंक र गाजामा स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक गर्‍यो

घानाले कृत्रिम बुद्धिमत्ता विकासलाई तिब्रता दिने

यासुकुनी तीर्थस्थलको वास्तविकता उजागर गर्न एक जापानी सैनिकका छोराको दृढ संकल्प

ह्वाइट हाउस संवाददाता सम्मेलनमा गोली चलाउने व्यक्ति हिरासतमा रहेको ट्रम्पद्वारा पुष्टि

पाकिस्तानी प्रधानमन्त्री सरिफ र इरानी राष्ट्रपति पेजेस्कियनबीच वार्ताः क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com