ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भदौमा दीपक लिम्बू स्वर्णीम सांगीतिक साँझ हुने


एबीसी न्यूज
बैशाख १४, २०८२ आईतबार  १ : २५ बजे

काठमाडौँ । गायक दीपक लिम्बूको पहिलो स्वर्णीम सांगीतिक साँझ हुने भएको छ । आगामी भदौ १७ गते लिम्बूको जन्मदिन र ‘नेपाली तारा’को विजेता बनेको २० वर्ष पूरा भएको अवसर पारेर सांगीतिक साँझ गर्न लागिएको आयोजक ओएस म्युजिकका प्रबन्ध निर्देशक आषिश भट्टराईले जानकारी दिए ।
संस्थाले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी गराएको हो । “लोकप्रिय गायक एवं पहिलो नेपाली तारा दीपक लिम्बूको पहिलो स्वर्णिम साँझको आयोजना गर्ने तयारी गरेका छौँ,” भट्टराईले भने, “अग्रज कलाकारको सम्मान र ताप्लेजुङका बालबालिकालाई स्टेसनरी सहयोगार्थ कार्यक्रम गर्न लागेका हौँ ।”
कार्यक्रम साँझ पाँच बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुनेछ । कार्यक्रमको संगीत संयोजन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्ब प्राज्ञ सदस्य अशोक लोहोरुङ राई रहेका छन् । २५ जना लाइभ वाद्यवादकको टिमसँग गायक लिम्बूले आफ्ना र अग्रज कलाकारका गीत प्रस्तुत गर्नेछन् । टिकटदर १ हजार र ५०० रुपैयाँ रहेको छ ।
सांगीतिक साँझलाई लिएर आफू उत्साहित रहेको गायक लिम्बूले बताए । “ यो सांगीतिक साँझ पछिल्लो २० वर्षमा नेपाली गीत संगीतसँग जोडिएर मैले के कति काम गर्न सकेछु, त्यसको लेखाजोखा गर्ने माध्यम बनोस् भन्ने मलाई लाग्छ । त्यसैले पनि म एकदमै खुसी छु,” गायक लिम्बूले भने, “नेपाली गीत संगीतलाई माया गर्ने मेरो शुभचिन्तकहरू उपस्थित भइदिनुहुन्छ भन्ने विश्वास लिएको छु ।”
लिम्बू २०६२ सालमा बृहत् गायन प्रतियोगिता ‘नेपाली तारा’ पहिलो संस्करणको विजेता बनेका थिए । त्यसपछि उनले नेपाली चलचित्रमा एक पछि अर्को हिट गीतहरू दिए । उनका आधुनिक गीतहरू पनि चर्चित छन् । ‘मैले त्यही भएर मन पराको’, ‘यहाँ देशको छ चिन्ता’, ‘मुटु माग्यौ तिमीले’, ‘ढल्क्यो ढल्क्यो’, ‘मैले माया गर्न जानिनँ होला’जस्ता दर्जनौँ गीत सर्वाधिक लोकप्रिय छन् । उनले २०७३ सालमा नारायणगोपाल युवा संगीत पुरस्कार पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com