काठमाडौं ११ बैशाख । जम्मु(कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच द्वन्द्व बढेको छ।
यसैबीच पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले कुनै पनि भारतीय आक्रमणको उचित जवाफ दिन आफूहरू तयार रहेको बताएका छन्।
भारतले सिन्धु जल सन्धिको निलम्बन, अटारी सीमा बन्दलगायत पाकिस्तानविरुद्ध पाँच निर्णय गरेपछि पाकिस्तान रुष्ट भएको छ।
बीबीसी उर्दुका अनुसार, एक पाकिस्तानी च्यानलसँग कुरा गर्दै पाकिस्तानका रक्षामन्त्री आसिफले भारत लामो समयदेखि सिन्धु जल सन्धिबाट बाहिर निस्कन चाहेको टिप्पणी गरेका हुन्।
यसै क्रममा उनले भनेका छन्, पाकिस्तान कुनै पनि भारतीय आक्रमणको उचित जवाफ दिन १०० प्रतिशत स्थितिमा छ।’
यद्यपि उनले जम्मु(कश्मीरमा भएको हमला निन्दनीय भएको र आतंकवादलाई कुनै पनि हिसाबले समर्थन गर्न नसकिने बताएका छन्।
पाकिस्तानका रक्षामन्त्रीका अनुसार, ‘भारतको संरक्षणमा बलुचिस्तानमा आतंकवाद फस्टाउँदै छ। जाफर एक्सप्रेस घटनामा के भयो भन्ने सबैलाई थाहा छ। भारतले पृथकतावादीहरूलाई आश्रय दिएको छ। बलुचिस्तानका पृथकतावादीहरू उपचारका लागि भारत जान्छन्। यसका धेरै प्रमाण छन्।’
ख्वाजा आसिफले भारतले पहलगाम घटनाका लागि अरूलाई दोष दिनुको सट्टा आफैँलाई जिम्मेवार बनाउनुपर्ने सुझाव पनि दिएका छन्।
उनले भने, ‘यो पनि सम्भव छ कि पहलगाम आक्रमण भारत आफैँले गरेको ुझुटा अपरेसनु थियो।’
उनले थपे, ‘कसैले भारतलाई सोध्नु पर्छ( यदि कश्मीरमा निर्दोष मानिसहरू मारिरहेका छन् भने दशकौँदेखि त्यहाँ उपस्थित सात लाख सैनिक के गरिरहेका छन्रु’
मंगलबार जम्मु(कश्मीरको पहलगाममा आतंकवादी हमला हुँदा एक नेपालीसमेत २८ जना मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यस आक्रमणमा भारतले पाकिस्तानको हात रहेको आशंका गरेको छ।







प्रतिक्रिया दिनुहोस्