ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै


एबीसी न्यूज
चैत्र ३१, २०८१ आईतबार   ८ : ०२   बजे

काठमाडौं ३१ चैत । आइसीसी १९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि शुरु हुँदैछ । घरेलु टोली नेपालले आज यूएईसँग आफ्नो पहिलो खेल खेल्दै छ । यो खेल मूलपानीको तल्लो क्रिकेट मैदानमा बिहान ९ बजे शुरु हुनेछ ।

यस मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल हुन लागेको हो । प्रतियोगिताका खेलहरू माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । नेपालले भोलि ओमानसँग, बुधवार हङकङसँग र शनिवार अफगानिस्तानसँग खेल्नेछ ।

राउन्ड रोबिन लिगमा सबैभन्दा धेरै अङ्क ल्याउने टोली विजेता बन्दै १९ वर्षमुनिको विश्वकपमा पुग्नेछ । आजदेखि शुरु हुने खेल आउँदो वैशाख ६ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको १९ वर्षमुनिको विश्वकपमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको थियो । समूह चरणबाटै बाहिरिएपछि टेस्ट मान्यताप्राप्त अफगानिस्तान अहिले एशिया छनोट खेल्न आएको हो ।

राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिता विजेता २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी १९ वर्षमुनिको विश्वकपका लागि छनोट हुनेछ । नेपालले अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँग तीन एकदिवसीय खेल खेलेर प्रतियोगिताको तयारी गरेको थियो । त्यसमा नेपाल २–१ ले पराजित भएको थियो ।

यसैबीच नेपालले १९ वर्षमुनिको विश्वकप छनोट तेस्रो पटक आयोजना गर्न लागेको हो । यसअघि सन् २००१ र २००५ मा गरी घरेलु मैदानमा दुई पटक आयोजना भएको एसीसी १९ वर्षमुनिको कप जित्दै नेपाल १९ वर्षमुनिको विश्वकपमा पुगेको थियो । नेपालले आठ पटक १९ वर्षमुनिको विश्वकप खेलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अर्थ समितिको बैठकः मस्यौदा कार्यविधिमाथि छलफल

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

सम्बन्धित

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

अमेरिका–इरान सम्झौता कुटनीतिको प्रतिफलः पाकिस्तानले स्विट्जरल्याण्डमा हस्ताक्षर समारोहको आयोजना गर्ने

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

विश्वकप २०२६ : अन्तिम क्षणसम्म संघर्ष, इरान र न्युजिल्यान्डबीच २–२ को रोमाञ्चक बराबरी

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group