ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जन्मिँदै राजा र रैती हुने व्यवस्था मान्दैनाैँ – प्रधानमन्त्री


एबीसी न्यूज

काठमाडौं २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मिँदै राजा र रैती हुने व्यवस्था कुनै पनि हालतमा नआउने बताउनुभएको छ ।

मधेश प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई–चार हजारको हुलले सरकारी सम्पत्ति आगजनी, निजी घरमा आगजनी, तोडफोड र मान्छे मार्नेसम्मको काम गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई हल्लाउन नसक्ने जिकिर गर्नुभयो ।

नयाँ पुस्ताले राजतन्त्र नभोगेकाले उनीहरूलाई राजतन्त्र के हो भन्ने लागेको हुनसक्छ भन्दै प्रधानमन्त्री ओलीले नयाँ पुस्तामा यसबारेमा सचेता जगाउनुपर्ने बताउनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र गतिमा रहेकाले दुःखी हुनुभन्दा खुशी मनाउनुपर्ने पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मधेश प्रदेशसभामा विशेष सम्बोधन गरेको यो दोस्रो पटक हो । यसअघि मधेश प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतको पालामा पनि ओलीले सम्बोधन गर्नुभएको थियो ।

आज प्रदेशसभामा सम्बोधन गर्दै ओलीले मधेश प्रदेश सम्भावना नै सम्भावनाहरूको उर्बर भूमि रहेको बताउनुभयो । कृषिका लागि उपयुक्त भूमि, जडीबुटीदेखि पानीको अपार स्रोतयुक्त चुरेक्षेत्रलगायत रहेकाले मधेशको सम्भावनालाई उपयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले मधेश प्रदेशको सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव अत्यन्त सुन्दर पक्ष भएको पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com