ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीनकुने घटनामा संलग्न भएको आरोपमा थप ६ जना पक्राउ


एबीसी न्यूज

काठमाडौं २६ चैत । काठमाडौँको तीनकुनेमा भएको अराजक गतिविधिमा संलग्न रहेको आरोपमा थप ६ जना पक्राउ परेका छन्।

यही चैत १५ गते दुर्गा प्रसाईं नेतृत्वमा रहेका राजावादी समर्थक तथा राप्रपाका कार्यकर्तालाई प्रहरीले हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरिरहेको छ।

सोमबार थप ६ जनालाई अदालतबाट म्याद लिएर हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा सर्लाहीको कबिलासी ६ घर भई हाल ललितपुरको टिकाथली बस्ने २२ वर्षका अमित शाह, सुनसरीको धरान घर भई हाल काठमाडौँ ३१ बस्ने २७ वर्षका दिवश बोगटी क्षेत्री, काभ्रेको नमोबुद्धकी ऐनी भन्ने ३० वर्षकी अनिता कुँवर र सिन्धुपाल्चोकको बाह्रबिसे ९ का ३० वर्षका कुमार तामाङ रहेका छन्।

उनीहरु आगजनी तथा तोडफोडमासमेत संलग्न रहेको प्रहरीको आरोप छ। सीसीटीभी फुटेज तथा अन्य भिडिओहरुमा त्यसदिन उनीहरुले गरेका आपराधि गतिविधिका आधारमा पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको जिल्ला प्हरी परिसर काठमाडौँका एसपी अपीलराज बोहराले बताए।

आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईं फरार छन् भने राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ७० जनाभन्दा बढी हिरासमा छन्।

उनीहरुलाई राज्यविरुद्धको कसुर, आपराधि उपद्रव र संगठित अपराधमा प्रहरीले मुद्दा अगाडी बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com