ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनमत र नाउपाको विधान प्रतिस्थापन समिति गठन


एबीसी न्यूज

काठमाडौं २५ चैत । जनमत र नागरिक उन्मुक्ति पार्टी ९नाउपा० एकताका लागि दुवै दलले विधान प्रतिस्थापन समिति गठन गरेका छन् । जनमत र नाउपाबाट तीनरतीन जना हुने गरी प्रतिस्थापन समिति बनाएका हुन् । कार्यदलले दुई दलको विधानलाई प्रतिस्थापन गर्ने गरी नयाँ विधान तयार गर्ने छ । दुई दलबाट ५०र५० प्रतिशत सङ्ख्या हुने गरी केन्द्रीय समिति बनाउने सहमति जुटिसकेको छ ।

हिजो बर्दियामा भएको दुई दलको वार्ताले वैशाख १५ गतेभित्र एकता गर्ने सहमति गरेको हो । एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ र कार्यकारी अध्यक्ष डा।सीके राउत हुने सहमति भएको छ । यस्तै रेशम चौधरी पार्टीको संरक्षक र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ एकीकृत दलमा सह अध्यक्ष बन्ने सहमति भएको छ । पार्टीको वरियतामा चौधरी पहिलो, राउत दोस्रो र श्रेष्ठ तेस्रो स्थानमा रहने छन् ।

यस्तै चितवन पूर्व सिके राउतले नेतृत्व गर्ने र चितवन पश्चिमको पार्टी कामको जिम्मा चौधरीले लिने समझदारी भएको छ । रेशम चौधरीले जेलमै रहेका बखत २०७८ सालमा नागरिक उन्मुक्ति पार्टी गठन गर्नुभएको हो । एकिकृत पार्टीको चुनाव चिह्न ढकिया हुनेछ ।

त्यस्तै पार्टीको झन्डा आयाताकार र कलेजी रङ्गको पृष्ठभूमिमा सेतो पिँधसहितको ढकिया रहनेछ । एकीकृत पार्टीको केन्द्रीय समिति सात सय सदस्यीय हुनेछ । प्रतिनिधि सभामा जनमतका छ सांसद र नाउपाका चार जना सांसद छन् ।

पार्टी एकतापछि प्रतिनिसिध सभामा रहेका मधेसवादी दलहरु मध्ये सबैभन्दा ठूलो दल उनीहरुको हुनेछ । जनमतले मधेस सरकारको नेतृत्व गरिरहेको छ । मधेसमा जनमतको १३ र नाउपाको एक जना सांसद छन् । सुदूरपश्चिम प्रदेशमा नाउपाका सात जना सांसद छन् । लुम्बिनीमा नाउपाको चार र जनमतको तीन जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com