ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैशाख १५ भित्र जनमत र नागरिक उन्मुक्तिबीच पार्टी एकताको घोषणा


एबीसी न्यूज

काठमाडौं २४ चैत । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १५ भित्र पार्टी एकता घोषणा हुने भएको छ।

आइतार बर्दियाको मधुवनमा बसेको पार्टी एकता कार्यदलको बैठकले एकतापछिको पार्टीको नाम, चुनाव चिह्न र पदाधिकारी लगायतका विषयमा सहमति गरेपछि एकता घोषणा बैशाख १५ भित्र गर्ने वातावरण बनेको हो।

कार्यदलका सदस्य एवं कैलालीको टिकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले छलफलमा विभिन्न ९ विषयमध्य धैरैमा सहमति जुटेको र केहीमा बाँकी रहेकाले त्यो टुंगिएपछि पार्टी एकताको घोषणा हुने बताए।

‘९ वटा बुँदामध्य केही टुंगिन बाँकी छ, त्यो टुंगियो भने हामीले सबै विषय औपचारिक रुपले सार्वजनिक गर्छौं,’ उनले भने।

चौधरीका अनुसार एकतापछि पार्टीको नाम नागरिक जनमत रहने छ भने चुनाव चिह्न ढकिया रहने र पार्टीको झण्डा कलेजी रङगमा ढकिया हुनेछ।

त्यस्तै संरक्ष रेशम चौधरी र अध्यक्ष सिके राउत हुने भए पनि रन्जिता श्रेष्ठको विषयमा भने सहमति हुन बाँकी छ।

‘१ नम्बर वरीयतामा हाम्रो संरक्षकज्यू रहने, दोस्रोमा जनमत पार्टीका अधयक्ष सिके राउत र तेस्रोमा रन्जिताको कुरा छ,’ चौधरीले भने, ‘दुवै पार्टीका अध्यक्षलाई एउटै वरीयतामा राख्ने कि दोस्रो, तेस्रो कसरी राख्ने भन्ने टुंगिएको छैन। यसमा छलफल चलिराखेको छ। हामी आगामी बैठकमा टुंग्याउँछौं।’

यो विषयलाई चाँडै टुंग्याएर वैशाख १५ भित्र पार्टी एकताको औपचारिक घोषणा गर्नेबारेमा भने सहमति भइसकेको उनको भनाइ छ।

चौधरीले भने, ‘वैशाख १५ गतेभित्र पार्टी एकता औपचारिक रुपमा घोषणा गरेर जाने भन्ने चाहि अगाडि बढीसकेको छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com