ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षकहरूलाई प्रचण्डको आग्रह– सरकारलाई नछोड्नुहोस्, हामी साथमा छौं


एबीसी न्यूज

काठमाडौं २४ चैत । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना माग पुरा नभएसम्म सरकारलाई नछोड्न आन्दोलित शिक्षकहरुलाई आग्रह गरेका छन्।

‘जबसम्म तपाईंहरुको माग पुरा हुँदैन, तपाईंहरू सरकार नछोड्नुहोस्,’ आइतबार काठमाडौँमा आयोजित नेवा मुक्ति मोर्चाको कार्यक्रममा उनले भने, ‘कहिले सिठी बजाउनुहोस्। के गर्नुपर्छ गर्नुहोस्, हामी तपाईंहरुको साथमा छौं।’

विद्यालय शिक्षा ऐन आफूहरुको माग अनुसार पारित गर्नुपर्ने माग गर्दै शिक्षकहरु केही दिनयता काठमाडौँमा आन्दोलित छन्। प्रचण्डले सरकारकै कमजोरीका कारण उनीहरु सडकमा आएको आरोप समेत लगाए।

‘अहिले हतार–हतार संसद अधिवेशन अन्त्य गर्नुपर्ने नै थिएन, त्यही शिक्षकको विधेयकमा छलफल गरेर किन नटुंग्याएकोरु,’ उनको प्रश्न छ, ‘त्यसलाई पारित गरेर शिक्षकका माग पुरा गर्न सकिन्थ्यो। तर, हतार–हतार संसद अधिवेशन अन्त्य गर्‍यो र शिक्षकहरुलाई आन्दोलनमा आउन बाध्य पार्‍यो।’

आवश्यक परे प्रतिपक्षी दलहरुले शिक्षकका माग पुरा गर्न विशेष अधिवेशन बोलाउन समेत माग गर्न सक्ने प्रचण्डको भनाइ छ। ‘प्रतिपक्षहरुको बैठक बसेर शिक्षकहरुका निम्ति जरुरी पर्‍यो भने विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकका माग पुरा गर्न हामी अघि बढ्छौं,’ उनले भने।

आफू सरकारमा हुँदा शिक्षहरुसँग ५ बुँदे सहमति गरेको भन्दै उनले त्यही अनुसार ऐन बनाएर पारित गर्नुपर्नेमा उनको जोड छ।

‘ऐन निर्माण गरेर शिक्षक, कर्मचारीका समस्या हल गरिन्छ भनेर ५ बुँदे सहमति त्यतिबेला हाम्रो नेतृत्वको सरकारले गरेको थियो,’ प्रचण्डको भनाइ छ, ‘त्यही अनुसार धेरै मेहनत गरेर विद्यालय शिक्षा विधेयक सदनमा हामीले नै पुर्‍याएका हौं।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com