ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलवायु परिवर्तनले भँगेरा लोप हुन थाले


admin

कञ्चनपुर, ८ चैत । घर आँगन र खेतबारीमा सहजै देखिने भँगेरा हाल देखिन छाडेका छन् । घरको भित्ताको प्वाल, घरको छानामा गुँड लगाउने भँगेरा कम हँुदै गएका हुन । 


जलवायु परिवर्तनले बढ्दै गएको तापक्रमका कारण भँगेरा कञ्चनपुरलगायतका क्षेत्रबाट लोप हुने संघारमा पुगेका छन् । बढ्दो गर्मीसँगै छाना बढी तात्ने भएकाले भँगेराले गुँडमा राखेको अण्डा बिग्रिने र भँगेराले तापक्रम सहन गर्न नसकि मर्ने गरेका छन् ।

हुलका हुल देखिने भँगेरा हाल कम मात्रै देखिने गरेको स्थानीयवासीको भनाइ छ । कञ्चनपुरलगायत तराईका जिल्लामा केही वर्षदेखि तापक्रम ४० देखि ५५ डिग्रिसेल्सियससम्म पुग्ने गरेको छ ।

परम्परागत घरमा भँगेरालाई गुँड लगाउन र बस्नका लागि प्रर्याप्त ठाउँ हुन्थ्यो वातावरणका जानकार बहादुर सिंह महराले भन्नुभयो, “हाल बन्ने आधुनिक पक्की घरमा भँगेराले गुँड लगाउने र बस्ने ठाउँ नहँुदा देखिन छाडेका हुन ।”

बढ्दो ध्वनी, धुवाँ र माटो प्रदूषणका कारणसमेत भँगेराका प्रजाति लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । भँगेराले आहाराका रुपमा रुचाउने किरा फट्यांग्रा र खेतमा छरेको अन्न नै हो । खेतबारीमा रासायनिक मल र विषादीको अन्धाधुन्ध प्रयोग गर्ने क्रम बढ्ेपछि भँगेराको प्रजातिसमेत त्यसको चपेटामा परेको छ ।

“भँगेराले खेतबारीमा विषादीका कारण मरेका कीरा फट्यांग्रा र छरेको अन्न खाँदा मर्ने गरेका छन्” महराले भन्नुभयो । “गाँउ शहर भएर बग्ने नदीमा उद्योगबाट निष्कने रसायन मिसाइएको पानी र ढलको पानी मिसाउने गरिएकाले पानी प्रदूषित हुने गरेको छ जुन पानी भँगेराले समेत प्रयोग गर्ने भएकाले यसबाट भँगेरा मर्ने गरेका छन्” टेकबहादुर हमालले भन्नुभयो ।

एक अध्ययनअनुसार बजार क्षेत्रमा लगाइने स्ट्रिट लाइटका कारण भँगेराले रात दिन पहिचान गर्न नसक्ने र मोबाइल टावरबाट निष्कने रेडियसनका कारण बाटो पहिचान गर्न नसक्ने भएकाले पनि यसको संख्यामा कमी आएको छ ।

तीनदेखि १३ वर्षसम्म भँगेरा बाच्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com