ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डढेलोको झिल्कोले राक्सिराङमा तीन घर खरानी


एबीसी न्यूज

काठमाडौं २३ चैत । जंगलबाट सुरु भएको आगलागीले मकवानपुरको राक्सिराङ गाउँपालिकाका तीन वटा वडामा तीन घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। शुक्रबार हिजो० हावाहुरीसहित फैलिएको आगोका झिल्को घरमा सल्किँदा तीन घर जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

राक्सिराङ गाउँपालिका–७ स्थित चरिमारामा जंगलनजिकै रहेको सुब्बा प्रजा र चन्द्र प्रजाको काठको कच्ची खरले छाएको घरमा आगो सल्किँदा लत्ता कपडा, भाँडावर्तन, अन्नपात र नगदसहित घर पूर्णरूपमा जलेर नष्ट भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ९डिएसपी० श्यामु अर्यालले जानकारी दिए।

सुब्बा प्रजाको घरमा नगद २० हजारसहित कुल १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ भने चन्द्र प्रजाको घरमा पनि सामान सहित सोही बराबरको क्षति भएको डिएसपी अर्यालले बताए।

त्यसैगरी, राक्सिराङ गाउँपालिका–४ तार्सिकोट ९रेना० मा बस्ने रामबहादुर थिङको घरमा पनि जंगलको आगोले क्षति पुर्‍याएको छ। घरभित्र रहेको मकै, कोदो, चामल, लत्ताकपडा, भाँडाकुँडा र सोलार प्यानल जलेर पूर्णरूपमा नष्ट भएको छ भने उक्त घटनाबाट अनुमानित १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।

यस्तै, राक्सिारङ गाउँपालिका–५ चंगरङमा रोशन प्रजाको काठको कच्ची घरमा आगो सल्किएको हो। आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा र काठपात नष्ट हुँदा करीब २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

तीनवटै घटनामा मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। सबै स्थानमा स्थानीयको सक्रिय सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। प्रहरीका अनुसार यी घटनाहरू क्रमशः प्रहरी चौकी कान्द्राङ, गिंगु र चैनपुरबाट ६ देखि ३० किलोमिटरको दूरीमा पर्दछन्।

प्रहरी र स्थानीय बासिन्दाले जंगलमा आगो फैलन नदिन सावधानी अपनाउन र सचेत रहन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com