ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सगरमाथा संवादमा बिमस्टेक राष्ट्रका प्रमुखलाई निम्तो


एबीसी न्यूज

काठमाडौं २३ चैत । प्रधानमन्त्री ओलीले आफ्नो थाइल्यान्ड भ्रमणका क्रममा दुई पक्षीय र बहुपक्षीय सहयोग र सहकार्यका सम्बन्धमा फलदायी वार्ता भएको बताएका छन्।

थाइल्यान्ड भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट जारी प्रेस विज्ञप्ती त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव अमृतबहादुर राईले वाचन गर्दै भ्रमण सफल र फलदायी भएको बताए।

पराराष्ट्र सचिव राईले प्रधानमन्त्रीको थाइल्यान्ड भ्रमण दुई देशबीचको सम्बन्ध विस्तार तथा दुई पक्षिय आर्थिक दायरा विस्तार गर्दै निजी क्षेत्रको सहकार्यको अभिवृद्धि गर्नुलगायतका उद्देश्य रहेको बताए।

उनले नेपालको तर्फबाट प्रधानमन्त्री स्तरको पहिलो थाइल्यान्ड भ्रमण भएको बताए। उनले थाइल्यान्डले नेपालको कृषि, पर्यटन तथा सूचना प्रविधिमा लगानी एवं प्रविधि हस्तान्तरण गर्ने सहमति भएको बताए।

‘नेपालको तर्फबाट प्रधानमन्त्रीस्तरमा थाइल्यान्डको पहिलो औपचारिक भ्रमण भएको यहाँहरूलाई पहिला नै अवगत भइसकेको छ,ु उनले भने, ुमेरो भ्रमणको उद्देश्य नेपाल र थाइल्यान्डबीच सदियौँदेखि कायम रही आएको मित्रता र सद्भावमा थप अभिवृद्धि गर्ने, दुई देशबीचको सामाजिक सांस्कृतिक एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने, दुई पक्षीय आर्थिक दायरालाई विस्तार गर्ने र राष्ट्रिय समृद्धिको राष्ट्रिय आकांक्षाको हासिल गर्न थाइ सरकार र निजी क्षेत्रको सहकार्यलाई अभिवृद्धि गर्नु रहेको थियो।

उनले भ्रमणको अवसरमा नेपाल र थाइ सरकारबीच केही सहयोग आदान प्रदान र सम्झौतामा पनि हस्ताक्षर भएको बताएका छन्।

भ्रमणका अवसरमा नेपाल सरकार र थाइल्यान्ड सरकारबीच आपसी सहयोग आदान प्रदान गर्न पर्यटन र सांस्कृतिक सहयोग सम्बन्धमा दुई छुट्टा छुट्टै सम्झौताहरू हस्ताक्षर भएका छन्, उनले भनेका छन्, त्यस्तै दुई देशका निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूबीच आपसी सहकार्यका लागि ६ वटा भिन्दा भिन्दै सम्झौतामा हस्ताक्षर भएको छ।’

प्रधानमन्त्री ओलीको तर्फबाट प्रेस वक्तव्य वाचन गर्दै सचिव राईले प्रधानमन्त्री ओलीले थाइल्यान्डको प्रख्यात सूचना प्रविधि संस्था एसियन इन्स्टिच्युट टेक्नोलोजी एआइटी० मा सम्बोधन गरेको बताए।

उक्त संस्थाले हालसम्म १८ सय नेपाली विद्यार्थीलाई उच्च शिक्षा प्रदान गरेको बताउँदै उनले नेपाली विद्यार्थीलाई नेपाल फर्किएर आफूले जानेको प्रविधिमार्फत नेपालको विकासमा योगदान पुर्‍याउन प्रधानमन्त्री ओलीले प्रेरित गरेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com