काठमाडौं २३ चैत । ललितपुरको बागमती गाउँपालिका वडा नमबर ३ छपेलीबाट प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्समा लागूऔषध बरामद गरेको छ । मकवानपुरबाट कान्तिलोकपथ हुँदै काठमाण्डौ तर्फ गुडिरहेको बीआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा लागूऔषध बरामद गरेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो ।
रेग्मीका अनुसार भट्टेडाँडामा नियमित जाँचका क्रममा एम्बुलेन्समा ९४ हजार ८० वटा ट्याब्लेट ट्रामाडोल बरामद गरिएको हो । लागूऔषध कारोबारमा संलग्न केही व्यक्तिहरूलाई पनि पक्राउ गरिएको उहाँले जानकारी गराउनुभयो ।








प्रतिक्रिया दिनुहोस्