ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गा प्रसाईंको पछि लाग्दा फसेको राप्रपाको निष्कर्ष, अब एजेन्डा मिल्दैमा समर्थन नगर्ने


एबीसी न्यूज

काठमाडौं २३ चैत । तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा मच्चिएको उत्पातले पार्टीलाई रक्षात्मक बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्तरिक विश्लेषण गरेको छ। दुर्गा प्रसाईंलाई नेता मानेर जाँदा राजनीतिक रूपमा क्षति भएको निचोडमा उनीहरू पुगेका हुन्।

चैत १५ गते तीनकुनेमा राजावादीको प्रदर्शनको नेतृत्व प्रसाईंसँगै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणाले गरेका थिए। आफ्ना सबै नेतारकार्यकर्तालाई तीनकुने जान राप्रपाले निर्देशन दिएको थियो।

तर, प्रदर्शन हिंसात्मक बन्यो। २ जनाको मृत्यु भयो भने करोडौँको धनसम्पत्तिमा क्षति भयो। अराजक जत्थाले ४१ वटा सवारी साधनमा आगजनी गर्‍यो, सुपरमार्केटमा लुटपाट, पार्टी कार्यालय तोडफोड र आगजनी गर्‍यो।

भीडले सुनौलो इन्द्रेणी सहकारी संस्था लिमिटेडको भवनमा आगजनी गर्दा पत्रकार सुरेश रजकको जलेर मृत्यु भयो। भीड नियन्त्रणमा असफल भएको प्रहरी आवश्यकताभन्दा ज्यादा गोली चलाएको थियो। प्रहरीको गोली लागी सबिन महर्जनको ज्यान गयो भने अन्य कयौँ व्यक्ति घाइते भए।

‘हामी फसेकै हो’
चैत १६ गते दिउँसो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यसम्पादन समितिका केही नेतासँग छलफल गरे। छलफलमा तीनकुने घटनामा सहभागी भएर ‘फसिएको’ कुरा उठेको एक पदाधिकारीले बताएका थिए।

‘अस्तिको बैठकमा तीनकुने घटनामा बेकारमा हामी फस्यौँ भनेर नेताज्यूहरूले कुरा उठाउनुभयो,’ उनले भने, ‘त्यसबाट हामीले पाठ सिक्नुपर्छ।’

तीनकुने घटनामा संलग्न भएपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र, महामन्त्री राणासहित ४१ नेतालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू ८ दिनदेखि हिरासतमा छन्।

प्रहरीले राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध गरी तीनवटा कसुरमा अनुसन्धान गरिरहेको छ।

दुर्गा प्रसाईंले आह्वान गरेको उक्त कार्यक्रमलाई संयुक्त जनआन्दोलन परिचालन समितिले स्वामित्व लिँदा राप्रपाले पनि समर्थन गरेको थियो। महामन्त्री डा। राणा परिचालन समितिमै बसेका थिए।

जब प्रदर्शन उग्र बन्दै गयो, राप्रपाका मिश्र र राणा समेत प्रर्दशनकारीलाई उक्साइरहेका देखिए। तर, राप्रपाले त्यो विध्वंसको जिम्मा लिन सकेन।

प्रहरी हिरासतमा रहेका आफ्ना नेता छुटाउन राप्रपाले २४ घण्टे अल्टिमेटम दिएको थियो। तर, अल्टिमेटम पूरा हुँदा पनि राप्रपाले कुनै प्रतिक्रिया जनाउन सकेन।

त्यसैले रक्षात्मक बनेको पार्टीपंक्तिलाई नयाँ शिराबाट उठाउन राप्रपाले कार्यक्रमको मोडल परिवर्तन गरेको उपाध्यक्ष बुद्धिमान तामाङ बताउँछन्।

‘अबदेखि जसको कार्यक्रम भए पनि सिधै जाने होइन, पहिला विस्तृत कार्यक्रम विवरण माग्नुपर्‍यो,’ तामाङले भने, ‘को–को बोल्नेरु र के–के गर्ने हो। त्यो प्रस्ट आइसकेपछि अनि कसको नेतृत्वमा खटाउने, अध्यक्ष जानुपर्ने रहेछ कि, उपाध्यक्ष जान हुने, महामन्त्री जान हुने हो कि१ यो स्पष्ट गर्नुपर्छ।’

तीनकुने प्रदर्शनअघि बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफूहरूले उठाएको एजेन्डालाई कुनै व्यक्ति, संस्था पार्टी, जसले उठाएपनि समर्थन गर्ने निर्णय गरेकोले तीनकुनेको कार्यक्रममा केही नेता सहभागी भएको तामाङ बताउँछन्।

आफैँ भने ब्यानरमा दुर्गा प्रसाईंको फोटो देखेपछि कार्यक्रममा नबसेको बताए।

‘हाम्रो पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनज्यू, ज्ञानेन्द्र शाहीसहित हामी प्रदर्शनमा जाने कुरा भइरहेको थियो। तर, जानुभएन। म पुगेर मञ्चतिर हेर्दा त राजाको फोटो, अनि त्यही साइजको दुर्गा प्रसाईंको फोटो राखेको देखियो,’ उनले भने, दुर्गा प्रसाईंको फोटो देखेपछि टाप कसिहालेँ नि। फोटो देखेर डर लागिहाल्यो नि।’

राप्रपाले २६ गते आफ्नै नेतृत्वमा काठमाडौँमा विरोध कार्यक्रम राखेको छ। ‘तीनकुनेमा दुर्गा प्रसाईंकै कारणले उत्पात मच्चिएको हो। उसको पछि लाग्दा पार्टीलाई क्षति गरायो,’ उनले भने, ‘अब आफ्नै ढंगले हिँड्ने हो। व्यक्ति, समूह, संघ, संस्था, मोर्चाले हाम्रो एजेन्डालाई लिएर आन्दोलन गरे समर्थन रहन्छ भन्ने थियो तर, अब हामी त्यसो गर्दैनौँ,’ उनले भने।

तीनकुने घटनापछि प्रसाईं फरार छन्। उनले घटनाको जिम्मेवारी नलिँदा यसले अन्योल बढाएको तामाङ बताउँछन्।

प्रदर्शनकारीलाई राज्यले बर्बर दमन गरेको भन्दै राप्रपाका नेताहरूले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, राष्ट्रिय मानवअधिकार आयोग लगायतसमक्ष न्यायिक छानबिन गर्न माग गरेका छन्। अहिलेसम्म सरकारले यसबारे कुनै समिति बनाएको छैन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com