ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उर्जा क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउने उर्जामन्त्री पुनको घोषणा


admin

काठमाडौं, ८ चैत । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले उर्जा क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउने घोषणा गर्नुभएको छ ।

नेपाल इन्जिनियरिङ एशोसिएसनको १५ औं राष्ट्रिय सम्मेलनलाई बुधवार सम्बोधन गर्दै उर्जामन्त्री पुनले पेट्रोलियम पदार्थ र विद्युत आयातको क्षेत्रमा राज्यले सवा खर्ब बराबरको आयात गरिरहेको बताउ“दैं त्यसलाई प्रतिस्थापन गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।

‘उर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने मेरो संकल्प हो,’ मन्त्री पुनले भन्नुभयो, ‘त्यसका लागि हामीले १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्नुपर्ने हुन्छ ।’ उहाँले १० वर्षमा मुलुकलाई १० हजार मेगावाट बिजुली आवश्यक रहेको बताउ“दै त्यसका लागि आयोजना निर्माणको कामलाई तीव्र रुपमा अघि बढाउने बताउनुभयो ।

दक्ष जनशक्तिको व्यवस्थापन र रोजगारी सिर्जनाका लागी पनि सरकारले छिट्टै नया“ योजना ल्याउने मन्त्री पुनले दाबी गर्नुभयो ।

माओवादी केन्द्रका वरिष्ठ नेता समेत रहेका पुनले प्रधानमन्त्री केपी शर्मा ओली र देशको राजनीतिक नेतृत्वले देश निर्माणका लागि संकल्प गरेको जानकारी दिदैं त्यसका लागि उर्जा मन्त्रालयले सबैभन्दा बढी योगदान पु¥याउने बताउनुभयो ।

उहाँले देश विकास र समृद्धिको चरणमा प्रवेश गरिसकेको दाबी गर्दै त्यसका लागि मुलुकमा उपलब्ध प्राकृतिक स्रोत र साधनको उपयोग गरेर समृद्ध देश बनाउने जानकारी दिनुभयो । ‘देशमा लामो समयदेखि रहेको संक्रमणकालको अन्त भएस“गै हाम्रो समृद्धिको यात्रा सुरु भइसकेको छ, त्यसका लागि हामी सबैले आ–आफ्नो ठाउ“बाट योगदान पु¥याउन सके मात्र त्यसले सा“चो अर्थमा राष्ट्र हितमा योगदान पुग्छ’ उहाँको भनाइ थियो ।

उर्जामन्त्री पुनले कृषिमा आधुनिकीकरण गर्ने र उत्पादन वृद्धि गरेर देशलाई छिट्टै दुई अंकको आर्थीक वृद्धिदर हासिल गर्ने सरकारको संकल्प पूरा गर्ने दिशामा आफूहरु अघि बढिरहेको बताउनुभयो । विकास र समृद्धिको सपना पूरा गर्न दक्ष इन्जिनियरहरुको ठूलो भूमिका हुने उहाँको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com