ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीले आज बिमस्टेक सम्मेलनमा सम्बोधन र मोदीसँग ‘साइडलाइन’ वार्ता गर्ने


एबीसी न्यूज

काठमाडौं २२ चैत । थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चैत २२ गते बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि ब‌ंगालको खाडीको प्रयास बिमस्टेक को छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्।

थाइल्यान्डको राजधानी बैंककमा हुने बिमस्टेक शिखर सम्मेलनलाई प्रधानमन्त्री ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिमस्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने कार्यक्रम छ।

सम्मेलन आयोजक थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्‌ले स्वागत सम्बोधन गरेपछि कायसूची प्रस्तुत गरिनेछ।

यसैबीच सम्मेलनमा दिवाभोजपछि स्थानीय समयानुसार आज अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘साइडलाइन’ वार्ता गर्ने कार्यक्रम छ।

यो वार्ता बैंककस्थित म्यान्डारिन ओरियन्टल होटलमा हुनेछ। जहाँ भारतीय प्रधानमन्त्री मोदी बसेका छन्।

मोदीसहितको भारतीय प्रतिनिधिमण्डल रहेको ओरेन्टल होटल नेपाली प्रतिनिधिमण्डल रहेको सांग्रिला होटलबाट करिब १५ मिनेटको दूरीमा छ।

नेपालखबरलाई स्रोतले दिएको जानकारीअनुसार, ओली(मोदी भेटवार्ता २०र३० मिनेटसम्मको हुनसक्छ। दुई नेताबीच हार्दिकता थपिँदा थप केही मिनेट बैठक लम्बिन सक्नेछ।

दुई शीर्ष नेताबीचको भेटवार्तामा नेपाली पक्षबाट प्रधानमन्त्री ओलीका साथ अन्य ६ शीर्ष अधिकारीहरू रहनेछन्। जसमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अर्का सल्लाहकार डा युवराज खतिवडा छन्।

यसैगरी मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्रसचिव अमृत राई पनि दुई प्रधानमन्त्रीबीचको भेटवार्तामा सहभागी हुने बताइएको छ

यसपछि प्रधानमन्त्री ओली आजै साँझ थाइल्यान्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com