ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी मेडिकल कलेजका २ हजारभन्दा बढी आवासीय चिकित्सक काम छाडेर धर्नामा


एबीसी न्यूज

काठमाडौं २१ चैत । निजी मेडिकल कलेजका आवासीय चिकित्सकले आज चैत २१ गते देखि सेवा बहिष्कार गरेका छन्।

स्नातकोत्तर तह ९पीजी० अध्ययन गर्ने चिकित्सकले आठौँ तह बराबरको निर्वाह भत्ता नपाएको भन्दै आजदेखि काम छाडेका हुन्।

यसअघि स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले तोकिएको निर्वाह भत्ता प्रदान गर्न २४ घण्टे अल्टिमेटम दिएको थियो।

तर अल्टिमेटमभित्र पनि निर्वाह भत्ता नपाएपछि संघर्ष समितिले देशभरका १७ वटा निजी मेडिकल कलेजमा एमडी, एमएस, एमडीएस गर्ने आवासीय चिकित्सकले माग पूरा नभएसम्मका लागि आकस्मिकबाहेक सबै सेवा बहिष्कार गर्ने जानकारी विज्ञप्तिमार्फत दिएको हो।

समितिका अध्यक्ष डा। शेषराज घिमिरेले चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले गरेको निर्णयबमोजिम आठौँ तह बराबरको निर्वाह भत्ता नपाएपछि आवासीय चिकित्सक सेवा बहिष्कार गर्न बाध्य भएको बताएका छन्।

अध्यक्ष घिमिरेका अनुसार आजदेखि झन्डै २५ सय चिकित्सकले सेवा बहिष्कार गरेका छन्।

स्नातकोत्तर गर्ने पहिलो, दोस्रो र तेस्रो वर्षका आवासीय चिकित्सकले आकस्मिकबाहेक सेवा छाडेर अस्पताल परिसरमा धर्ना दिएका छन्।

चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको थियो।

आयोगको निर्णयपछि काठमाडौँ विश्वविद्यालयले आफूमातहतका मेडिकल कलेजलाई निर्वाह भत्ता दिन निर्देशन दिएको थियो।

तर निजी मेडिकल कलेज सञ्चालकले भने आवासीय चिकित्सकलाई निर्वाह भत्ता नबढाउने अडान लिएका छन्।

यसपछि चिकित्सा शिक्षा आयोगले यस वर्ष १७ वटा कलेजको स्नातकोत्तर तहको सिट कटौती गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com