काठमाडौं २१ चैत । नगर प्रहरीको अवरोधका बाबजुद काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिहीबार कार्यालय पुगेका छन्।
एक अधिकृतका अनुसार प्रमुख प्रशासकीय अधिकृत गुरागाईं पुगेपछि उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा अहिले बैठक बसिरहेको छ।
छलफलमा वडाध्यक्षहरू पनि सहभागी छन्। तर महानगर प्रमुख बालेन्द्र शाह भने उपस्थित भएका छैनन्।
गुरागाईंलाई रोक्न भनी मेयर शाहले बिहानैदेखि कार्यालय परिसरमा नगर प्रहरी परिचालन गरेका थिए।
तर कर्मचारीहरूको समूहले प्रहरीको अवरोध पन्छाउँदै गुरागाईंलाई कार्यालय छिराएका हुन्।








प्रतिक्रिया दिनुहोस्