ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टोखाबाट बरामद २५ करोडका मालिक विवादित व्यापारी


एबीसी न्यूज

काठमाडौं २० चैत । टोखाबाट ट्रकमा बरामद भएको २५ करोड विदेशी मुद्राका मालिक नेपालकै विवादित व्यापारी भएको खुलेको छ। उक्त रकम सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ घर भई टोखा नगरपालिका १० महादेवटार हाइटमा बस्ने नारायण पौडेलले चीन पठाउन लागेको राजस्व अनुसन्धान विभागले पत्ता लगाएको छ।

विभागका महानिर्देशक चण्डिप्रसाद घिमिरेका अनुसार पौडेलले नै ट्रक चालकलाई उक्त रकम चीन लैजान भन्दै दिएका थिए।

पौडेल यसअघि पनि पटकपटक पक्राउ परेका व्यक्ति हुन्। नेकपा माओवादी केन्द्रनिकट व्यापारी २०८० असारमा जुवाखालबाट पक्राउ परेका थिए।

२१ वर्ष पहिले पनि उनलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो। उनी रक्तचन्दनको तस्करीमा समेत मुछिएका थिए। चीनबाट कपडाको व्यापार गर्दै आएका पौडेल पछिल्लो समय सुन तस्करीमा लागेको निष्कर्षमा विभाग छ।

यसअघि पक्राउ पर्दा उनलाई छुटाउन कान्छा भाइ राजकुमार पौडेलसहित सिन्धुपाल्चोकका माओवादी नेताहरुले दबाब दिएका थिए। यीनै राजकुमार ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा भोटेकोशी गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए। त्यति बेलैदेखि नारायण पनि माओवादीमा खुलेर लागेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले बताए।
उनका जेठा दाइ ध्रुव पौडेल भने २०५४ सालमा नेकपा एमालेबाट तत्कालीन वडाध्यक्षमा निर्वाचित भएका थिए। साइला भाइ बच्चु पौडेल हिमालयन सिमा पारको निवर्तमान अध्यक्ष हुन्। उनलाई कांग्रेस निकट भनिए पनि पार्टीको आधिकारीक पदमा भने नरहेको शेर्पाले बताए।
यसअघि ७ किलो सुनसहित यीनै चालकलाई प्रहरीले पक्राउ गरेपछि पनि राजकुमार केही समय सम्पर्कबिहिन भएका थिए।

उनलाई पक्राउ गर्न अदालतले अनुमति समेत दिइसकेको छ। राजस्व अनुसन्धान विभागले टोखास्थित निवासमा छापा मारेर केही कागजातहरू समेत नियन्त्रणमा लिइसकेको र पौडेल भने ट्रक चालक पक्राउ परेलगतै फरार भएको विभागले जनाएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत ४ गते राति ट्रकमा युरो र अमेरिकी डलर गरी नेपाली रूपैयाँ २५ करोड १९ लाख २४ हजार ९५० रूपैयाँ बराबर बरामद गरेको थियो। त्यो रकमसहित भेटिएको ट्रकका चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका १ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका २ बस्ने फुच्चे भन्ने ४३ वर्षका कुसाङ लामा त्यतिबेलै पक्राउ परेका थिए। उनलाई अहिले पनि हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

टोखा नगरपालिका २ झोरमा ना ७ ख १६५२ नम्बरको मालबाहक ट्रकको बोनटमाथि फल्सबटम बनाएर लुकाएको अवस्थामा अमेरिकी डलर र युरो बरामद गरेको थियो।
ट्रकमा उक्त रकम लिएर कपडा किन्न चीन जान लागेको कुसाङले बताएका थिए। प्रहरीले भने यो रकम सुन तस्करीको भएको सुरुमै अनुमान गरेको थियो।

उक्त ट्रकमा १०० दरका अमेरिकी डलर ३ हजार ११९ थान, ५० दरका १७९ थान र ५०० दरका युरो ११ थान, २०० दरका ४८० थान, १०० दरका ४ हजार १४८ थान र ५० दरका १७ हजार १७७ थान बरामद गरेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतले बताए। यसको नेपालीमा विनियम गर्दा करिब २५ करोड १९ लाख २४ हजार ९५० रूपैयाँ हुन आउँछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com