ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिमस्टेक विकास कोष स्थापना गरौँ- एनपी साउद


एबीसी न्यूज

काठमाडौं २० चैत । पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले क्षेत्रीय शान्ति तथा स्थिरता कायम राख्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक० महत्वपूर्ण रहेको बताएका छन् ।

थाइल्याण्डको राजधानी बैंककमा सुरु भएको बिमस्टेकको छैटौं सम्मेलनअन्तर्गतको ‘बिमस्टेकका लागि अत्यावश्यक उपायहरूः क्षेत्रीय सहयोगका प्रमुख तत्वहरू’ विषयक सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘गरीबी निवारण, द्रुत आर्थिक विकास, व्यापार तथा लगानी प्रवर्द्धन, बहुआयामिक सम्पर्क विस्तार र क्षेत्रीय शान्ति तथा स्थिरता कायम राख्न बिमस्टेक महत्वपूर्ण छ,’ पूर्वपरराष्ट्रमन्त्री साउदले भने ।

नेपाली कांग्रेसका नेता साउदले बिमस्टेक सदस्य राष्ट्रहरूको संयुक्त जीडीपी ५ ट्रिलियन डलरभन्दा माथि भए पनि आपसी व्यापार सात प्रतिशतभन्दा कम रहेको बताए । ‘व्यापारिक प्रवाह विस्तार गरेर गरिबी न्यूनीकरण र दिगो विकासलाई प्रबर्द्धन गर्न सकिन्छ,’ उनले भने, ‘हामीले ‘रिजनल भ्यालु चेन’ निर्माण गर्नुपर्ने देखिन्छ ।’

साउदले पूर्वाधार र सम्पर्क सञ्जालको विस्तारमा पनि जोड दिए । ‘बिमस्टेक मास्टर प्लान फर ट्रान्सपोर्ट कनेक्टिभिटी ९२०२२० ले सडक, रेल, जलमार्ग, हवाई यातायात, तथा बहुआयामिक सम्पर्क सुधारका परियोजनाहरू पहिचान गरेको छ । यी परियोजनाहरूको शीघ्र कार्यान्वयन आवश्यक छ,’ उनले भने ।

साउदले सन् २०१८ मा नेपालको अध्यक्षतामा बिमस्टेक ग्रिड इन्टरकनेक्सन सम्झौता सम्पन्न भएको स्मरण गर्दै उक्त सम्झौताले क्षेत्रीय विद्युत व्यापारका लागि मार्ग प्रशस्त गरेको पनि बताए ।

पूर्वपरराष्ट्रमन्त्री साउद बिमस्टेक विकास कोष स्थापनाको आवश्यकतामा पनि जोड दिए । उनले बिम्स्टेक विकास कोष स्थापना गरी पूर्वाधार, जलविद्युत् तथा अन्तरदेशीय प्रसारण लाइनजस्ता परियोजनाहरूका लागि वित्तीय स्रोत जुटाउनुपर्ने बताए ।

बिमस्टेकले विश्व बैंक, एसियन डेभलपमेन्ट बैंक ९एडीबी० जस्ता संस्थाहरूसँग सहकार्य गर्दै पूर्वाधार विकासका लागि स्रोत परिचालन गर्न आवश्यक रहेको पनि साउदको भनाइ थियो । उनले हिमालयदेखि समुद्री तटसम्मको वातावरणीय सन्तुलन जोगाउन साझा प्रयास आवश्यक रहेको भन्दै जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न बिमस्टेकले संयुक्त रणनीति अपनाउनु पर्ने आवश्यकता औंल्याए ।

साउदले बिमस्टेकलाई प्रभावकारी बनाउन जनस्तरमा उपस्थिति वृद्धि गर्नुपर्ने, सदस्य राष्ट्रहरूबीच शैक्षिक आदानप्रदान, सांसद तथा मिडिया प्रतिनिधिहरूको अन्तरक्रिया तथा डिजिटल सम्पर्क विस्तार गर्नुपर्ने पनि बताए ।
कांग्रेस नेता साउद इन्डिया फाउन्डेसनको निमन्त्रणमा बिमस्टेकमा सहभागी हुन थाइल्यान्ड गएका हुन् ।

फाउन्डेसनले कांग्रेस नेता साउदसँगै नेकपा ९माओवादी केन्द्र०का उपमहासचिव जनार्दन शर्मा र जनता समाजवादी पार्टी ९जसपा० नेपालका उपाध्यक्ष राजकिशोर यादवलाई पनि बिमस्टेक सम्मेलनमा आमन्त्रण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com