ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली र थाइल्यान्डकी समकक्षी भेटवार्तामा गरियो महत्त्वपूर्ण सम्झौता


एबीसी न्यूज
चैत्र २०, २०८१ बुधबार  १ : १५ बजे

काठमाडौं, १ चैत्र । थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डकी समकक्षी पे थोङ् थान् शिनावात्राबीच भेटवार्ता भएको छ। भेटवार्तापछि दुई देशबीच केही महत्त्वपूर्ण सम्झौता भएको छ। भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको थियो। बुधबार थाइल्याण्डको राजधानी बैंकको सरकारी भवनमा शिष्टाचार भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा दुई सरकारबीच सांस्कृतिक सम्झौता भएको छ। साथै पर्यट सहयोग सम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर भएको छ। सांस्कृतिक सम्झौता पत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा र थाइल्याण्डको तर्फबाट संस्कृतिमन्त्री सुदावान वाङसुफाकिजकोसोलले हस्ताक्षर गरे। नेपाल र थाइल्याण्ड सरकारबीच पर्यटन सहयोग सम्बन्धी समझदारी पत्रमा थाइल्याण्डकोतर्फबाट पर्यटन तथा खेलकुदमन्त्री सोरावङ तिएन्थोङले सम्झौतापत्रमा हस्ताक्षर गरे।त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्याण्डको व्यापार बोर्डबीच पनि सम्झौता भएको छ। महासंघ र थाईल्याण्डको थाई चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको हो। दुवै देशका प्रधानमन्त्रीहरुको उपस्थितिमा आज बैंककमा भएको समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले हस्ताक्षर गरे।

यस समझदारीले नेपाल र थाइल्याण्डबीच व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहकार्यलाई प्रवद्र्धन गर्ने, तथा व्यापार र लगानी विस्तारका लागि संरचित रूपरेखा तयार गर्ने लक्ष्य राखेको छ। साथै दुई देशबीचको व्यापारिक सहकार्यलाई थप मजबुत बनाउने र आर्थिक सहकार्यलाई बिस्तार गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ । त्यस्तै नेपाल उद्योग परिसंघ र थाइ उद्योग महासंघ, नेपाल चेम्बर अफ कमर्स र थाइल्याण्डको पर्यटन परिषद्बीच हस्ताक्षर भएको छ। काठमाडौं विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच पनि सम्झौता गरिएको छ।

सम्झौतापत्रमा हस्ताक्षरपछि आयोजित पत्रकार सम्मेलनका क्रममा थाइल्याण्डकी प्रधानमन्त्री पे थोङ थान शिनवातले थाइल्याण्डले नेपालसँग शिक्षा, हाइड्रोपावर लगायतका क्षेत्रमा सहयोग गर्ने बताइन्। नेपाल र थाइल्याण्ड सरकारबीच लामो समयदेखिको सम्बन्ध रहेको भन्दै यसलाई बचाइराख्नुपर्ने उनको भनाइ छ। उनले नेपाल र थाइल्याण्डको निजी क्षेत्रहरुको बीचमा पनि अस्पताल, होटल र अन्य व्यापारको सम्झौता भएको उल्लेख गरिन्। उनले सो अवसरमा बिमस्टेक सम्मेलनमा नेपाललाई औपचारिक स्वागत समेत गरिन्।

पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र थाइल्याण्डबीच कृषि, व्यापार, पर्यटन, संस्कृतिको गहिरो सम्बन्ध कायम रहेको बताए। उनले थाइल्याण्डका लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि आह्वान समेत गरे।

नेपाल र थाइल्याण्डको बीचमा व्यापार र पर्यटनको सम्बन्ध राम्रो रहेको उनको भनाइ थियो। नेपाल—थाइल्याण्डबीच भइरहेको सिधा उडानप्रति खुसी व्यक्त गरे। साथै जलवायु परिवर्तनका बारेमा नेपाल र थाइल्याण्डले हातेमालो गरेर काम गर्नुपर्ने उनको भनाइ छ।

चैत्र १९ गतेदेखि २३ गतेसम्मको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओली अहिले थाइल्याण्डमा छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com