ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीनकुने घटनाको विस्तृत विवरण गृहमन्त्रीले संसद्‌मा प्रस्तुत गर्ने


एबीसी न्यूज

काठमाडौं १८ चैत । चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेका हिंसा, तोडफोड, आगजनी र लुटपाटको विस्तृत विवरण गृहमन्त्री रमेश लेखकले संसद्‌मा प्रस्तुत गर्ने भएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीनकुने घटनाको अनुसन्धान गरिरहेको र यसको विस्तृत विवरण गृहमन्त्रीले सदनमा प्रस्तुत गर्ने जानकारी दिएका हुन्। तर समय उनले तोकेनन्।

‘घटनामा संलग्नहरूमाथि जोसुकै होउन्, जुनसुकै कभरमा किन नहोउन्, कडा प्रशासनिक कारबाही हुन्छ’, उनले भने, ‘घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीज्यूले यस सदनमा राख्नु हुनेछ।’

घटनामा संलग्नहरूबारे छानबिन सुरु भएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले यसका योजनाकार को हुन् र को को संलग्न छन् भन्ने विषयमा सरकारले अनुसन्धान गरिरहेको बताए।

राजसंस्था पुनस्स्थापनाका लागि भन्दै राजावादी समूहले चैत १५ गते तीनकुेनमा गरेको प्रदर्शनका क्रममा पत्रकारसहित २ जना मारिए भने तोडफोड, आगजनी र लुटपाट गर्दा करोडौँको क्षति भएको छ।

त्यसको भोलिपल्ट बिहान गृहमन्त्री लेखक क्षतिको स्थलगत अनुगमन गर्न घटनास्थल तीनकुने पुगेका थिए। त्यसपछि उनले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका केन्द्रीय कार्यालयको अवलोकन गरेका थिए।

चैत १५ गते राजावादीको अराजक समूहले एकीकृत समाजवादीको पार्टी कार्यालयमा पनि तोडफोड गरेको थियो भने सुरक्षाकर्मीका कारण माओवादी केन्द्रको कार्यालयमा भने आक्रमण गर्न पाएन।

प्रदर्शनमा हिंसाका लागि निर्देशन दिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई भने प्रहरीले हिरासतमा राखेर मुद्दा चलाएको छ।

त्यस प्रदर्शनका लागि जनकमान्डर तोकिएका दुर्गा प्रसाईं भने त्यही दिनदेखि फरार छन्। प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com