ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सानीेभेरी गाउँपालिका कार्यालयमा २ दिनदेखि तालाबन्दी


admin

काठमाडौं, ७ चैत । रुकुम(पश्चिम)को सानीभेरी गाउँपालीकाको कार्यालयमा २ दिन दिन देखि ताला लागेको छ । गाउँकार्यपालिकाले सानीभेरी गाउँपालिका ७ को द्धारेलाई गाउँपालिकाको केन्द्रका रुपमा छनौट गर्ने निर्णय गरेपछि यसको विरोधमा मंगलबार बिहान ४ वटा वडावासीहरुले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

सानीभेरी गाउँपालिका वडा नं. ९ मा रहेको गाउँपालिकाको केन्द्र वडा नं. ७ को द्धारेमा सार्ने निर्णय भएपछि वडा नं. ८, ९, १० र ११ आन्दोलनमा उत्रिएका छन् । गाउँकार्यपालिकाको चैत्र ४ गते बसेको बैठकले जग्गा छनौट सम्बन्धीका यसअघिका सम्पुर्ण प्रक्रिया खारेज गर्ने र गाउँपालिकाको केन्द्र द्धारेलाई छनौट गर्ने निर्णय गरेको थियो ।

गाउँपालिकाको केन्द्र सार्ने निर्णय नसच्चिएसम्म आन्दोलनका कार्यक्रम जारी रहने आन्दोलन संघर्ष समितिका संयोजक एवं सानीभेरी ९ का वडाध्यक्ष शेरवहादुर खड्काले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष नरवहादुर पुनले भने भौगोलिक रुपमा सबैको पायक पर्ने द्धारेमा गाउँपालिकाको केन्द्र सार्ने निर्णय गरिएको बताउनुभयो ।

उहाँका अनुसार भौगोलिक उपयुक्तता, अन्य विषयगत कार्यालयहरुको केन्द्रिकरण, कार्यपालिकाको बहुमत सदस्यको समर्थन प्राप्त स्थान तथा सामाजिक र मनोबैज्ञानिक रुपमा केन्द्रिकृत आकांक्षाका कारण गाउँपालिकाको लागि केन्द्र द्धारेमा सार्ने कार्यपालिकाले निर्णय गरेको हो ।

त्यस्तै गाउँपालिकाको केन्द्र सिम्लिमा हुने भनिएको र सिम्लीमै जग्गा खरिद गर्ने निर्णय भएकाले यसलाई ठुलो विषय नबनाउँन उहाँको आग्रह छ ।।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com