ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनिल साह हत्याका मुख्य योजनकार पासवान पक्राउ


admin

सर्लाही, ७ चैत्र ।  सुनचाँदी व्यवसायी सुनिल साहको हत्या गरी फरार रहेका मुख्य योजनाकार पासवान पक्राउ परेका छन् । सर्लाही लालबन्दी नगरपालिका २ पुर्नवास वस्ने ४५ वर्षिय राजु नाम गरेका उमेश पासवालाई प्रहरीले पक्राउ गरी विहिवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

पक्राउ परेका पासवान पिडारी बजारमा ‘जय माँ ‘सुनचाँदी पसलका संचालक सुनचाँदी व्यवसायी सुनिल साहको हत्याका मुख्य योजनाकार हुन् ।

उनी सहित बरहथवा न.पा. १६ बस्ने २३ वर्षिय कृष्ण साह, २५ वर्षिय प्रभु नारायण महतो, कविलासि न.पा. १ बस्ने २१ बर्षिय भोला भन्ने बिरेन्द्र महतोले गत असोज २४ गते  व्यवसायी सुनिल साहको गोली हानी हत्या गरेका थिए ।

पसल वन्द गरी आफ्नो बुवालाई मोटरसाईकलमा राखी घर तर्फ जाँदै गर्दा व्यवसायी सुनिल साहलाई गोली हानीएको थियो । साहको साथमा भएको ८ तोला सुन, ४ किलो चाँदी र नगद ४० हजार पनि लगिएको थियो ।

फरार मध्ये तीन जनालाई प्रहरीले यस अघि नै पक्राउ गरि सकेको थियो । मुख्य योजनाकार पासवानलाई भने विशेष सुराकीको आधारमा उनकै घरबाट केही दिन अघि पक्राउ गरि विहीवार सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहम्मद मसाउद आलम खाँले बताए ।

अभियुक्त पासवान माथि जिल्ला अदालत सर्लाहीले खुनडाँका तथा संगठित अपराधको मुदा चलाईएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय सिराहबाट हातहतियार र रुपन्देहीबाट कर्तव्य ज्यान, ज्यान मार्ने उधोग तथा चोरी लगायतको मुद्धा लागेका उनी प्रहरीको खोजीको सुचिमा थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com