ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेटौंडा नै प्रदेश नं. ३ को स्थायी राजधानी हुन्छ: अध्यक्ष दाहाल


admin
चैत्र ७, २०७४ बुधबार  ४ : ०२ बजे

हेटौँडा, ७ चैत।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं. ३ को राजधानी हेटौंडा नै स्थायी हुने बताउनुभएको छ ।

प्रेस सेन्टर मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रदेशको १३ जिल्लामध्ये राजधानीका लागि हेटौंडा नै सबैभन्दा उपयुक्त स्थान रहेकाले बाहिर प्रचारमा आए जस्तो यहाँबाट प्रदेशको राजधानी नसर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले प्रदेशको राजधानीका सबै कामहरु शुरु भइसकेकाले हेटौँडाबाट राजधानी सार्ने हल्लापछि नलाग्न सबैमा आग्रह गर्दै प्रदेशको नामको सन्दर्भमा प्रदेशसभाले निर्णय गर्ने विषय रहेको बताउनुभयो ।

‘यो वर्ष निर्वाचन वर्ष’ रहेको र अब आर्थिक समृद्धिको समय रहेकाले यसका लागि राष्ट्रिय सहमति आवश्यक रहेको छ, उहाँले भन्नुभयो–“सरकारले परिणाममुखी काम गर्नका लागि मुख्य र राष्ट्रिय विषयमा प्रतिपक्षसँग पनि समझदारीको वातावरण बनाएको छ ।”

अध्यक्ष दाहालले अहिलेको मुख्य चुनौती भनेको सुशासन, स्थायित्व र विकासलाई गति दिनु नै हो भन्दै प्रदेशको कामलाई तीव्रता दिन ऐन बनाउने कामको गति बढिरहेको बताउनुभयो ।

अध्यक्ष दाहालले सरकारमा दुई तिहाईको बहुमत पुगिसकेको अवस्था रहेपनि समग्र विकासको गति बढाउन र राजनीतिक स्थायित्वका लागि मधेसकेन्द्रित दलकोसमेत समर्थन पाइसकेको जानकारी दिनुभयो ।

नेकपा (एमाले) र माओवादी केन्द्रको एकता अबको केही दिनमा नै हुने बताउँदै उहाँले एकता प्रक्रिया पूरा गर्नका लागि बनेको कार्यदलले आफ्नो काम पूरा गरी प्रतिवेदन बुझाउने तयारीमा रहेको छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

ओलीका एक्का थेबेको बालेनलाई चुनौतीः ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईंको आधिकारिक धारणा के हो?’

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

हिमाल शर्मा: विद्यार्थी राजनीतिबाट पुस्तान्तरणका योद्धा, काठमाडौं–६ को उम्मेदवार

प्रचण्डको नयाँ प्रस्ताव : विप्लवलाई आत्मसमीक्षासहित फर्कन आग्रह

पृथ्वीनारायणको विरोधीलाई ‘टाउको काट्ने’ भनेका राप्रपा उम्मेदवार स्वागत नेपालले माफी मागे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com