ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै आर्थिक समृद्धि : अर्थमन्त्री डा खतिवडा


admin

काठमाडौँ, ६ चैत । अर्थमन्त्री डा युवराज खतिवडाले सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै मुलुकको आर्थिक समृद्धिको मार्गप्रशस्त हुने बताउनुभएको छ ।

सरकारले आर्थिक विकासको योजनालाई नै प्रमुख प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले सरकारको सबै प्रयासले मात्रै मुलुक अगाडि नबढ्ने भएकाले निजी क्षेत्रलाई साथमा लिएर काम गर्ने उल्लेख गर्नुभयो ।

अर्थमन्त्रीले मालसामान कारोबारमा बिलबीजकका आधारमा बिक्री गरी सरकारलाई राजश्व परिचालनमा सहयोग प्रदान गर्न आह्वान गर्नुभयो । भन्सारमा देखिएको समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले इमान्दार प्रयत्नले मात्रै सकारात्मक परिणाम निस्कने स्पष्ट पार्नुभयो ।

अर्थमन्त्रीले फरक फरक निकायले बजार अनुगमन गर्दा समस्या उत्पन्न हुने भएकाले एकद्वार प्रणालीअन्तर्गत बजारको अनुगमन तथा विश्लेषण गरिने बताउनुभयो । बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता समस्याको दीर्घकालीन समाधानका लागि स्वदेशी तथा विदेशी पुँंजीको परिचालन अत्यावश्यक रहेको स्पष्ट पार्नुभयो ।

भेटवार्तामा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यापार–व्यवसायका क्षेत्रमा देखिएको समस्या समाधानका लागि अर्थमन्त्री डा खतिवडासँग आग्रह गर्नुभयो । चेम्बरका अध्यक्ष श्रेष्ठले बैंक तथा वित्तीय क्षेत्रको चर्काे ब्याजदर घटाउनेतिर पनि सरकार लाग्नुपर्ने खाँंचो औँल्याउनुभएको चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com