ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोटो हाईकिङ रुटमा विकास हुँदै पामे-भुम्दीकोट


admin
चैत्र ६, २०७४ मंगलबार  ३ : ३१ बजे

पोखरा, ६ चैत । फेवातालसहितका हिमाली  स्थानीयवासी मीनबहादुर विकका अनुसार पछिल्ला दिन दुई दिनसहित एक रातको बिताउन सकिने मार्गका रुपमा यो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ । फलतः पामेबाट चापाकोट, घडेरी, पलैंचे हुँदै भुम्दीकोट पुग्ने पदमार्ग आसपासमा व्यावसायिक रुपमा होटेल सञ्चालनको क्रम पनि बढेको छ ।

चापाकोट घडेरीमा इको भिलेज रिसोर्ट सञ्चालन गदै आएका मीनबहादुरका अनुसार स्वदेशी एवं विदेशी पर्यटकको आगमन बढ्दै जान थाले पछि व्यावसायिक रुपमा होटल व्यवसाय सञ्चालन गर्न यतिखेर स्थानीयवासी उद्यत छन् ।

जथाभावी बाटो खनिने क्रमसँगै कतिपय पदमार्ग छोटिएको र कतिपय लोप भैसकेको वास्तविकतामा नयाँ पदमार्गको खोजी र विस्तारलाई ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान)ले प्राथमिकता दिएको टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपक अधिकारीले बताउनुभयो ।

“विस्तारका नाममा बिना योजना नै जथाभावी बाटो खन्ने क्रमले पदमार्ग छोटिँदै र र हराउँदै गएका छन्,” उहाँले भन्नुभयो, “टान पश्चिमाञ्चल क्षेत्रीय संघले यही तथ्यलाई दृष्टिगत गरी नयाँ पदमार्गको खोजी र विस्तारलाई अघि बढाएको छ ।”

संघ स्थापनाको २५ औं वर्ष पुगेका अवसरमा पामे–भुम्दीकोट पदमार्गको प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

“यस पदमार्गको प्रवद्र्धनको उद्देश्यका साथ नेपाल पर्यटन बोर्डको सहकार्यमा पदयात्रा पर्यटनमा लागेका व्यवसायी, सञ्चारकर्मीसमेतको सहभागितामा हामीले यहाँको स्थलगत अवलोकन गरायौं,” उहाँले भन्नुभयो, “पर्यटकलाई दुई दिनसहित एक रात बिताउने गरी यस पदमार्गको विकास गर्न सकिने देखिन्छ ।”

फेवातालको सिरान पामेबाट सुरु हुने यो पदमार्ग ठाडोबाटो हुँदै चापाकोट र चापाकोटाबाट घडेरी, पलैंचे हुँदै भुम्दी पुग्न सकिन्छ ।

लगभग पाँच घण्टाको समयमा भुम्दीकोट पुगी त्यो रात भुम्दीकोटमा बिताएर भोलिपल्ट भुम्दीकोटबाट कालाभाङ घडेरी हुँदै विश्व शान्ति स्तुपबाट पोखरा फर्कन सकिन्छ ।

पर्यटकीय सम्भावनायुक्त पदमार्ग र गन्तव्य प्रवद्र्धनका लागि पर्यटनसम्बद्ध संघसंस्थासँग नेपाल पर्यटन बोर्डले सहकार्य गर्ने बोर्डका पोखरा कार्यालयका प्रमुख सूर्य थपलियाले बताउनुभयो ।

“बोर्डले सम्भावनायुक्त पदमार्गको खोजीका लागि ‘द लस्ट ट्रेल’ कार्यक्रम अघि बढाएको छ,” उहाँले भन्नुभयो, “पर्यटनका विभिन्न आयामको विकासका साथै पोखरा र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धनमा बोर्ड निरन्तर लागिरहेको छ ।”

पोखराबाट पामे हुँदै आउने पर्यटकहरू एक रात भुम्दीकोटमा बिताएर विश्वशान्ति स्तुप हुँदै पोखरा फर्कने गरेको भुम्दीकोटस्थित हिमालयन भ्यु टि हाउसका सञ्चालक यम गुरुङ (माइला)ले बताउनुभयो ।

भुम्दीकोटबाट देखिने मनोरम हिमाली दृश्यको अवलोकनका लागि पर्यटक लोभिने गरेका छन् । विशेष गरी लालीगुराँस फुल्ने फागुन–चैतको समयका साथै पैँयु फुल्ने समयमा विदेशी पर्यटकहरूको भुम्दीकोटमा ओइरो लाग्ने गरेको छ ।

भुम्दीकोटमा धेरै जातका चरा पाइने र यो ठाउँ चराको अध्ययन गर्न चाहने अन्वेषकको रोजाइमा पर्ने गरेको उहाँको भनाइ छ ।

पदयात्रा पर्यटनका साथै दृश्यावलोकनका धेरै सम्भावना रहेर पनि यो क्षेत्र अपेक्षित विकास हुन नसकेको लालीगुराँस आमा समूहका अध्यक्ष कृष्णकुमारी पौडेलले बताउनुभयो ।

यहाँको पदयात्रासहित समग्र पर्यटकीय विकासलाई लक्ष्य गरी चापाकोट र यस आसपासका क्षेत्रलाई समेटेर इको भिलेजको अवधारणा अघि सारिएको सामाजिक एकता पर्यावरणीय गाउँ समाजका अध्यक्ष रमेशचन्द्र गिरीले बताउनुभयो ।

“हामीले यो गाउँलाई प्लाष्टिकरहित पर्यावरणीय गाउँका रुपमा विकास गरिरहेका छौं,” उहाँले भन्नुभयो – “पदयात्रामा आउने पर्यटकले ल्याउने प्लाष्टिकजन्य फोहरका साथै अन्य फोहरलाई व्यवस्थित गर्न ठाउँठाउँमा डोका राखेका छौं ।”

इको भिलेज कार्यक्रमअन्तर्गत यस क्षेत्रमा पदयात्राका लागि आउने पर्यटकलाई प्राङ्गारिक तरकारी उत्पादन गरी खुवाउने सोचका साथ स्थानीयवासी क्रियाशील बनेको पुम्दीस्थित दुर्गा आधारभूत विद्यालयका शिक्षक ज्ञानप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँमा मकै, कोदो, गहँु, आलु जस्ता कृषि उपजका साथै सागसब्जी उत्पादन हुने गरेको छ ।

भुम्दीकोट मन्दिरका साथै पदयात्रा मार्गमा पर्ने देउराली मन्दिर यहाँका धार्मिक स्थलहरु हुन् ।
पौडेलका अनुसार यहाँस्थित देउराली मन्दिरमा प्रत्येक वर्ष खेती थाल्ने र थन्क्याउने बेलामा स्थानीयवासीले पाठी काटेर बली दिँदै पूजा गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com