ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तरिक्षमा अलपत्र दुई जना यात्रीलाई फिर्ता ल्याउने योजना रोकियो


एबीसी न्यूज
फाल्गुन २९, २०८१ बिहीबार  १ : १४ बजे

काठमाडौं २९ फागुन । अन्तरिक्षमा अलपत्र दुई जना यात्रीलाई फिर्ता ल्याउन नासा र स्पेसएक्सले सञ्चालन गरिरहेको कार्यक्रम रोकिएको छ ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएस० बाट अन्तरिक्षयात्री सुनिता विलियम्स र बैरी बुच विल्मोरलाई फिर्ता ल्याउने योजना मिसन क्रू–१० रोकिएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार सुनिता र बुचको फिर्तीका लागि स्पेसएक्सको मेशिन फाल्कन–९ लाई अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गर्नुपर्ने थियो तर यसमा समस्या देखिएपछि यसको प्रक्षेपण स्थगित गरिएको छ ।

स्पेसएक्सले मेशिनमा देखिएको समस्या कहिलेसम्म समाधान हुन्छ भन्ने स्पष्ट पारेको छैन । फाल्कन–९ लाई चार जना नयाँ अन्तरिक्षयात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा लगेर त्यहाँबाट सुनिता र बुचलाई फिर्ता ल्याउने जिम्मेवारी छ ।

दुवै यात्रीले अघिल्लो वर्ष जुन ५ मा स्पेसक्राफ्टलाई अन्तरिक्षयात्रीसहित अन्तरिक्ष केन्द्रमा पुर्‍याएर सुरक्षित फिर्ता ल्याउन सकिन्छ वा सकिँदैन भन्ने परीक्षणका लागि स्टारलाइनको अन्तरिक्ष यानबाट उडान भरेका थिए । आठ दिनपछि नै फर्कनुपर्ने उनीहरू स्पेसक्राफ्टमा समस्या आउन थालेपछि २ सय ८० दिनदेखि उतै अलपत्र परेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्षयात्रीहरूलाई फिर्ता ल्याउने जिम्मेवारी एलन मस्कलाई सुम्पिनुभएको छ । अन्तरिक्षयात्रीहरूको फिर्तीका लागि स्पेसएक्सको मेशिन फाल्कन–९ को अर्को प्रक्षेपण पर्सि शनिवार फेरि हुन सक्ने नासाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

सम्बन्धित

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com