ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जोखिमपूर्ण स्थान र उच्छृंखल तवरले होली नखेल्न प्रहरीको आग्रह


एबीसी न्यूज

काठमाडौं २८ फागुुन । जिल्ला प्रहरी कार्यालय कास्कीले सम्भावित घटनाप्रति सजक र सतर्क रही सुरक्षित तरिकाले होली पर्व मनाउन अनुरोध गरेको छ।

कास्की प्रहरीले मंगलबार सूचना प्रकाशित गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वास्थ्यकर र मर्यादित तवरले मनाउन आग्रह गरेको हो।

पहाडी जिल्लामा यही फागुन २९ र तराईमा चैत १ गते होली मनाइँदैछ।

प्रहरीले आत्मिय रुपमा नजिक भएका व्यक्ति वा आफन्तहरुसँग मात्र होली खेल्न पनि अपिल गरेको छ।

यस्तै, होली पर्वको नाममा जाँड रक्सिको सेवन नगर्न, असभ्य र अश्लील किसिमका गीतहरू नबजाउन र साँझ अवेरसम्म होली नखेल्न, ध्वनी प्रदुषण हुने गरी र मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको चर्को आवाजमा बाजा, माईक आदिको प्रयोग नगर्नसमेत प्रहरीको आग्रह छ।

कास्की प्रहरीले जारी गरेको सूचनामा कसैको इच्छा विपरीत रङ, लोला, मोबिल, केमिकल र पानी फाल्ने जस्ता कार्य नगर्न आग्रह गरिएको छ।

साथै, रेलिङ नभएको छत, सडक तथा भीडभाड हुने जोखिमपूर्ण स्थानमा होली नखेल्न पनि प्रहरीले सचेत गराएको छ।

कुनै उच्छृङ्खल तरिकाबाट होली खेलेमा, कुनै पनि अपराधिक गतिविधी हुन गर्न लागेमा वा भएको थाहा पाएमा तत्काल प्रहरीलाई खबर गर्न समेत अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com