काठमाडौं २७ फागुन । सोमबार बिहान भारतको मुम्बईबाट न्युयोर्कका लागि उडेको एअर इन्डियाको जहाज एआई(११९ मा बम राखिएको धम्की आएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार ८ घण्टा ३७ मिनेट उडिसकेपछि विमान फेरि मुम्बई फर्काइयो। विमानमा ३२२ यात्रु र १९ जना चालक दलका सदस्य थिए।
एयर इन्डियाले उडानको शौचालयमा बम धम्कीपूर्ण पत्र फेला परेको बताएको छ।
सुरक्षा प्रोटोकललाई ध्यानमा राख्दै विमानलाई बीच बाटोबाटै मुम्बई फर्काउने निर्णय गरियो। विमान बिहान १०स्२५ बजे मुम्बई आइपुगेको थियो।
तर बम फेला परेन। धम्की झुटो भएको पाइयो।
अब उक्त उडान मंगलबार मार्च ११० बिहान ५ बजेका लागि तय गरिएको इन्डिया एअरलाइन्सले जनाएको छ।
यात्रुहरूलाई होटलमा बसोबास, खानालगायत आवश्यक बन्दोबस्त मिलाइएको छ।








प्रतिक्रिया दिनुहोस्