ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि भारत र न्युजिल्याण्ड खेल्दै


एबीसी न्यूज
फाल्गुन २५, २०८१ आईतबार  ८ : ११ बजे

काठमाडौं २५ फागुन । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि भारत र न्युजिल्याण्ड आज खेल्दै छन् । खेल दिउँसो २स्४५ बजेदेखि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुनेछ ।

भारतले अस्ट्रेलिया तथा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनल यात्रा तय गरेका हुन् । यसअघि समूह चरणमा भएको खेलमा भारतले न्युजिल्याण्डलाई हराएको थियो ।

सन् १९९८ देखि सुरु भएको प्रतियोगिताको दोस्रो संस्करणको उपाधि सन् २००० मा न्युजिल्याण्डले जितेको थियो । संयोगवश त्यसबेलाको फाइनलमा भारतलाई नै हराएर न्युजिल्याण्डले पहिलोपटक आईसीसीको कुनै प्रतियोगिताको उपाधि जितेको थियो ।

अब २५ वर्षपछि न्युजिल्याण्डलाई इतिहास दोहोर्‍याउने अवसर छ । उक्त अवसरलाई अन्तिम नतिजामा बदल्न किवि टोलीले भारतको बलियो टोलीलाई हराउनुपर्नेछ ।

अर्कोतर्फ भारतलाई पनि लामो समयपछि एकदिवसीय फर्म्याटको आईसीसी प्रतियोगिता जित्ने अवसर हुनेछ । भारतले पछिल्लोपटक सन् २०१३ को च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । त्यसअघि सन् २०११ मा एकदिवसीय विश्वकप र सन् २००२ को च्याम्पियन्स ट्रफी भारतले जितेको थियो ।

भारत र न्युजिल्याण्ड आईसीसी क्रिकेट विश्वकप र च्याम्पियन्स ट्रफी गरेर कुल १३ पटक आमनेसामने भएका छन् जसमा भारत र न्युजिल्याण्ड समान ६ खेलमा विजयी हुँदा एक खेल बराबरी छ ।

आईसीसीका ओडिआई प्रतियोगिताको नकआउट खेलहरूमा दुई टोली हालसम्म ३ पटक भेट भएका छन् जहाँ न्युजिल्याण्ड २ तथा भारत १ खेलमा विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक (सूचीसहित)

मदनभण्डारी राजमार्गमा पर्ने झण्डै १४ हजार रुख कटान

सम्बन्धित

विश्वले नियालिरहेको वार्ता: इस्लामाबादमा कस्तो छ तयारी

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्ने

खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो

दिल्ली ट्रान्जिटमा परराष्ट्रमन्त्री खनाल, नियोग उपप्रमुख डा.थापाले गरे विमानस्थलमा स्वागत

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

प्रधानमन्त्री बालेनले स्वास्थ्यमन्त्री निशा मेहतालाई गराए सचेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com