काठमाडौं २५ फागुन । युक्रेनले डोनेट्स्क र खार्किभमा शुक्रबार रातिदेखि जारी रुसको आक्रमणमा हालसम्म २० जनाको मृत्यु भएको र ३० भन्दा बढी घाइते भएको बताएको छ।
बीबीसीका अनुसार शुक्रबार राति भएको आक्रमणमा आठवटा आवासीय भवन र एउटा प्रशासनिक भवनमा क्षति पुगेको छ।
डोब्रोपिलिया रुसको कब्जामा रहेको डोनेट्स्क सहरको उत्तरपश्चिममा अवस्थित छ।
युक्रेनले यसअघि बिहीबार राति भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु भएको बताएको थियो।
युक्रेनमा यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसविरुद्ध ठूलो मात्रामा प्रतिबन्ध र कर लगाउने सोचमा रहेको बताएपछि भइरहेको हो।
उता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फागुन १६ गते ९फेब्रुअरी २८० ह्वाइट हाउसमा र ट्रम्पसँग भएको चर्काचर्कीपछि सम्बन्ध सुधारको प्रयास गरिरहेका छन्।
जेलेन्स्कीसँग झगडा परेयता ट्रम्पले अमेरिकाले युक्रेनलाई दिइरहेको सैन्य सहयोग र गुप्तचर जानकारी दिन पनि बन्द गरेको छ।
तर जेलेन्स्कीले पश्चाताप गर्दै अमेरिकाको सहयोग आवश्यक रहेको भनेपछि ट्रम्प युक्रेनप्रति केही नरम हुन थालेको देखिन्छ।
यसै क्रममा युक्रेन र अमेरिकाबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने भनिएको छ।








प्रतिक्रिया दिनुहोस्