ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनबारे बेलायतमा युरोपेली देशहरूको बैठक


एबीसी न्यूज

काठमाडौं १९ पागुन । बेलायतका प्रधानमन्त्री केयर स्टारमरको आह्वानमा आइतबार लन्डनमा युक्रेन मुद्दामा छलफल गर्न युरोपेली मुलुक र क्यानडाका नेताहरूको बैठक बसेको छ।

बैठकमा बेलायती प्रधानमन्त्रीले यो युरोपेली सुरक्षाको लागि महत्त्वपूर्ण अवसर भएको बताए।

बैठकलाई सम्बोधन गर्दै स्टारमरले भने, ‘युक्रेनका लागि राम्रो शान्ति सम्झौता यस महादेशका सबै देशहरूको सुरक्षाका लागि महत्त्वपूर्ण छ।’

बीबीसीका अनुसार बैठकमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीलगायत अन्य धेरै नेता सहभागी भएका थिए।

केयर स्टारमरसँगको कुराकानीमा मेलोनीले पश्चिम यस विषयमा एकताबद्ध रहनुपर्ने बताए।

बैठकमा जानुअघि नेटोका महासचिव मार्क रुटले यसबारे आफू ‘अत्यन्तै सकारात्मक’ रहेको बताए।

उनले बैठकका लागि तीनवटा कुरा महत्त्वपूर्ण रहेको बताए(

पहिलो, युरोपले युक्रेनलाई सहयोग गर्न थप योगदान दिन आवश्यक छ।

दोस्रो, सबैजना शान्ति सम्झौता चाहन्छन्।

तेस्रो, नेटोलाई बलियो राख्नुपर्छ र यसका लागि युरोपले आफ्नो रक्षा खर्च बढाउनेछ।

ट्रम्प र जेलेन्स्कीबीचको चर्को बहसपछि केयर स्टारमरले ट्रम्पसँग कुरा गरेको बताएका छन्। यो घटनापछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पनि ट्रम्पसँग कुरा गरेका छन्।

शिखर सम्मेलन सुरु गर्दै बेलायती प्रधानमन्त्री केयर स्टारमरले एजेन्डा जानकारी गराए।

उनले भने, ‘हालैका दिनमा भएका वार्तामा हामी युद्ध रोक्ने योजनामा ​​युक्रेनसँग काम गर्ने, यसपछि अमेरिकासँग वार्ता गर्ने र यसलाई सँगसँगै अगाडि बढाउने कुरामा सहमत भयौँ।’

‘रुसले शान्तिको बारेमा कुरा गरे पनि ऊ आक्रामक भइरहन्छ। एजेन्डा यही हो र सबैको हितका लागि शक्तिमार्फत शान्तिको योजना बनाउनु आवश्यक छ, जसमा सबै सहमत हुन आवश्यक छ।’

बैठकअघि बीबीसीसँग कुरा गर्दै स्टारमरले रुस(युक्रेन युद्ध रोक्न युक्रेन र फ्रान्ससँग मिलेर काम गर्ने बताए।

यसअघि शुक्रबार भोलोदिमिर जेलेन्स्की वासिङटन पुगेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गरेका थिए। तर कुनै सहमतिमा पुग्नुको साटो दुई पक्षबीच चर्काचर्की भएको थियो। जसको समाचार संसारभर छाएको छ।

यसपछि जेलेन्स्की शनिबार लन्डन पुगेका थिए। जहाँ बेलायती प्रधानमन्त्री स्टारमरले उनलाई न्यानो स्वागत गर्दै आफू युक्रेनको साथमा रहेको बताएका थिए।

स्टारमरकै आह्वानमा आइतबार लन्डनमा आयोजित युरोपेली नेताहरूको बैठकलाई महत्त्वपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com