ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रमजानका लागि इजरायलले ६ हप्ता थप्यो गाजा युद्धविराम अवधि


एबीसी न्यूज
फाल्गुन १८, २०८१ आईतबार  १० : ५२ बजे

काठमाडौं १८ फागुन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्धविराम सम्झौताको अस्थायी विस्तारलाई अनुमोदन गरेका छन्।

रमजान र यहुदीहरूको सुरक्षालाई ध्यानमा राख्दै सरकारले गाजा युद्धविरामलाई थप ६ हप्ताका लागि अस्थायी रूपमा विस्तार गर्न अनुमोदन गरेको नेतन्याहुले बताएका छन्।

शनिबार मध्यराति पहिलो चरणको युद्धविराम समाप्त भएपछि यो घोषणा गरिएको हो।

यो प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ ह्विटलले गरेका हुन्।

तर इजरायलले वार्ताको अर्को चरण असफल भएको महसुस गरेमा ६ हप्ता अर्थात् ४२ दिनपछि उसले पुनः लडाइँ सुरु गर्न सक्ने बीबीसीले जनाएको छ।

यसअघि इजरायल र हमासबीच पहिलो चरणअन्तर्गत जनवरी १९ देखि मार्च १ सम्म युद्धविरामको सहमति भएको थियो।

यस अवधिमा हमासले २५ जना जीवित र ८ जनाको शव इजरायललाई फिर्ता गरेको छ। बदलामा इजरायलले १ हजार ९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा अचानक हमला गरेपछि दुई पक्षबीच युद्ध भइरहेको थियो।

त्यसको १५ महिनाभन्दा बढी लामो समयपछि जनवरी १९ देखि युद्धविराम गरिएको हो।

त्यसबेला अन्य मानिससँगै हमासले नेपाली विद्यार्थी विपिन जोशीलाई पनि गाजा लिएर गएको थियो। उनी जीवितै रहेको र रिहा हुने अपेक्षा गरिए पनि अहिलेसम्म अन्योल नै छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com