ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पसँग विवादपछि जेलेन्स्की पुगे लन्डन, स्टारमरले गरे स्वागत


एबीसी न्यूज
फाल्गुन १८, २०८१ आईतबार  ८ : ०६ बजे

काठमाडौं १८ फागुन । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विवाद भएपछि ह्वाइट हाउसबाट निकालिएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफ्नो प्रतिनिधिमण्डलसहित लन्डन पुगेका छन्।

त्यहाँ शनिबार उनलाई बेलायती प्रधानमन्त्री केयर स्टारमरले न्यानो स्वागत गर्दै युक्रेनलाई आफ्नो साथ यथावत् रहने बताए।

स्टारमरले न्यानो स्वागत गर्दा जेलेन्स्की मुस्कुराइरहेको तस्बिर सार्वजनिक भएको छ।

स्टारमरले जेलेन्स्कीसँग भने, ‘हामी त्यतिबेलासम्म युक्रेनका पक्षमा उभिनेछौँ, जतिबेलासम्म आवश्यकता पर्छ।’

आइतबार लन्डनमा युरोपेली नेताहरूको सम्मेलन हुँदै छ।

राष्ट्रपति जेलेन्स्की पनि यसमा सहभागी हुनेछन्। यसको आयोजना बेलायती प्रधानमन्त्री स्टारमरले गर्ने भएका हुन्।

शुक्रबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्स भेट्न अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस पुगेका थिए।

युक्रेनले अमेरिकालाई बहुमूल्य खनिज दिने सम्झौता गर्न भनेर त्यहाँ पुगेका उनी ट्रम्प र भान्ससँग चर्को विवादमा परे।

यस विषयमा विश्वभरका नेताहरूले प्रतिक्रिया जनाएका छन्।

भेटवार्ताका क्रममा जेलेन्स्कीले भनेका थिए, ‘हामी सुरक्षा ग्यारेन्टीसहितको युद्धविराम चाहन्छौँ।’

वादविवादमा उत्रिएपछि ट्रम्पले जेलेन्स्कीलाई अमेरिका र अमेरिकी जनताको अनादर गरेको आरोप लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com