ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा युद्धविरामको म्याद आज सकिँदै, दोस्रो चरणको वार्ताको तयारी


एबीसी न्यूज

काठमाडौं १७ फागुन । इजरायल–हमास युद्धविरामको पहिलो चरण आज शनिबार टुङ्गिँदै छ तर स्थायी युद्धविराम सुरक्षित गर्ने अर्को चरणको यसद्धविरामको सङ्केत अझै अनिश्चित रहेको छ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको १५ महिनाभन्दा बढी लामो युद्धपछि जनवरी १९ मा युद्धविराम लागू भएको थियो।

सुरुको छ हप्ताको अवधिमा गाजाका लडाकुहरूले इजरायली जेलमा रहेका सयौँ प्यालेस्टिनी कैदीहरूको बदलामा २५ जना जीवित बन्धकहरूलाई मुक्त गरेका थिए भने अन्य आठ जनाको शव इजरायललाई फिर्ता गरेका थिए। बदलामा इजरायली सुरषा नियन्त्रणमा रहेका एक हजार ९०० कैदीबन्दीको रिहाइ भएको छ।

युद्धविरामको दोस्रो चरणले गाजामा रहेका दर्जनौं बन्धकहरूको रिहाइ सुनिश्चित गर्ने र युद्धको थप स्थायी अन्त्यका लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कायरोमा एक प्रतिनिधिमण्डल पठाएका छन् र मध्यस्थ इजिप्टले इजरायलका साथै सहयोगी मध्यस्थकर्ता कतार र संयुक्त राज्य अमेरिकाको प्रतिनिधिमण्डलको उपस्थितिमा दोस्रो चरणको ‘गहन वार्ता’ सुरु भएको बताएको छ।

उता शनिबार बिहानसम्म सहमतिको कुनै सङ्केत नदेखिएको भन्दै हमास स्रोतले इजरायलले दोस्रो चरणको वार्ताका लागि ढिलाइ गरेको आरोप लगाएको छ।

ुयुद्धविराम सम्झौताको दोस्रो चरण भोलि बिहान अर्थात् आइतबार देखि सुरु हुने बताइए पनि अझै पनि ढिलासुस्ती भइरहेको छ र सम्झौताको उल्लङ्घन जारी छ,ु स्रोतले एएफपीसँग भन्यो।

वार्तामा संलग्न एक प्यालेस्टिनी स्रोतले एएफपीलाई बताएअनुसार कायरोमा हमासको प्रतिनिधिमण्डल अनुपस्थित भए तापनि गतिरोध समाधानका लागि छलफल भइरहेको छ।

इन्टरनेसनल क्राइसिस ग्रुपथिंक ट्यांकका म्याक्स रोडेनबेकले दोस्रो चरण तत्काल सुरु हुने अपेक्षा गर्न नसकिने बताए।

उनले थपे, मलाई लाग्छ, युद्धविराम भङ्ग हुने छैन।

इजरायली रक्षामन्त्री इजरायल काट्जले दोस्रो चरणको साटो पहिलो चरणको विस्तारअन्तर्गत थप बन्धकहरूलाई मुक्त गर्नु इजरायलको प्राथमिकता रहेको बताएका छन्।

हमासको आक्रमणका क्रममा कब्जामा लिएका २५१ बन्धकमध्ये ५८ जना अझै गाजामा रहेका छन्। इजरायली सेनाले कुल बन्धकमध्ये ३४ जनाको मृत्यु भइसकेको पुष्टि गरेको छ। मृतक बन्धकमध्ये आठ जनाको शव हमासले इजरायललाई हस्तान्तरण गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com