ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक अर्ब भारतीयसँग खर्च गर्ने पैसा छैन – प्रतिवेदन


एबीसी न्यूज

काठमाडौं १७ फागुन । एक अर्ब भारतीय नागरिकसँग खर्च गर्ने पैसा नभएको एक प्रतिवेदनले देखाएको छ । झन्डै एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतमा एक अर्ब नागरिकसँग खर्च गर्ने पैसा नभएको भेन्चर क्यापिटल फर्म ब्लूम भेन्चर्सको रिपोर्टलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

यसबाहेक ‘इमर्जिङ’ वा ‘आकाङ्क्षी’ भन्न सकिने ३० करोड मानिस छन् तर उनीहरू खर्च गर्न तयार छैनन् किनभने उनीहरूले भर्खरै खर्च गर्न थालेका प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार एशियाको तेस्रो ठूलो अर्थतन्त्रको उपभोक्ता वर्गको क्रयशक्ति जति बढ्दै गएको छ त्यति विस्तार हुन सकेको छैन । यसको मतलब भारतमा धनीहरूको जनसङ्ख्या बढिरहेको छैन तर पहिलेदेखि नै सम्पन्नहरू धनी हुँदै गएका छन् ।

यी सबै मिलेर देशको उपभोक्ता बजारलाई फरक ढङ्गले आकार दिइरहेका छन् । अहिले भारतको बजारमा किफायती अर्थात् सस्तो घरको हिस्सा १८ प्रतिशत छ, पाँच वर्षअघि यो हिस्सा ४० प्रतिशत थियो ।

त्यस्तै ब्रान्डेड वस्तुको बजार हिस्सा बढ्दै गएको छ । केल्डप्ले र एड शीरन जस्ता अन्तर्राष्ट्रिय कलाकारहरूको कन्सर्टको टिकक उच्च मूल्यमा बिक्री हुनु यसको उदाहरण भएको प्रतिवेदनमा उल्लेख छ । धनीहरूलाई चाहिने महँगो र उन्नत उत्पादनहरूमा ध्यान केन्द्रित गरेर ब्रान्डहरूले आफ्नो वृद्धि दर बढाइरहेका छन् ।

भारतमा असमानता बढ्दै गइरहेको छ र शीर्ष १० प्रतिशत भारतीयहरूले राष्ट्रिय आयको ५७ दशमलव ७ प्रतिशत ओगटेका छन्, सन् १९९० मा यो हिस्सा ३४ प्रतिशत थियो । राष्ट्रिय आयमा देशको तल्लो आधा जनसङ्ख्याको हिस्सा २२ प्रतिशतबाट १५ प्रतिशतमा झरेको छ ।

भारतको केन्द्रीय बैंकले पनि सहज र असुरक्षित ऋणमा कडाइ गरेको छ । कोभिड–१९ महामारीपछि यस्तो कर्जामा तीव्र वृद्धि देखिएको छ ।

भारतको मध्यम वर्ग उपभोक्ताको मागको मुख्य स्रोत बनेको छ, तर मार्सेलस इन्भेस्टमेन्ट म्यानेजरले सङ्कलन गरेको तथ्याङ्क अनुसार तलब उस्तै रहँदा यो वर्गको अवस्था खस्कँदै गएको छ । भारतमा कर तिर्ने जनसङ्ख्याको ५० प्रतिशतको तलब विगत दशकमा स्थिर रहेको छ । यसको मतलब महँगी जोड्दा उनीहरूको आम्दानी आधा भएको छ ।

कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ ९एआई० ले बिस्तारै क्लर्क, सेक्रेटरी र अन्य नियमित कामहरूलाई प्रतिस्थापन गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंका विभिन्न स्थानमा आज विद्युत कटौती हुने

कांग्रेसमा अन्तिम घडीको ड्रामा: देउवा र महामन्त्रीद्वय बीच निर्णायक भेट, फुट टार्ने वा निर्वाचनबाटै नयाँ नेतृत्व ?

सम्बन्धित

आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेसमा अन्तिम घडीको ड्रामा: देउवा र महामन्त्रीद्वय बीच निर्णायक भेट, फुट टार्ने वा निर्वाचनबाटै नयाँ नेतृत्व ?

नकावधारी समूहले लुटे बैंकको ३ करोड, चालक प्रहरी नियन्त्रणमा

कांग्रेस विभाजनको संघारमा: सहमति खोज्न शीर्ष नेताहरुले अन्तिम प्रयास गर्दै

शुक्लागण्डकी हत्या प्रकरण: पक्राउ परेका व्यक्तिले स्वीकार गरे अभियोग

‘भुइँ तहको विद्रोह’ निर्णायक: विशेष महाधिवेशन निर्वाचनमै मोडियो, देउवा बाहिरिने संकेत!

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com