ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनी राष्ट्रपतिलाई अमेरिकाले गरेको व्यवहारप्रति पूरै युरोप असन्तुष्ट


एबीसी न्यूज
फाल्गुन १७, २०८१ शनिबार  ४ : २४ बजे

काठमाडौं १७ फागुन । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई अमेरिकाले गरेको व्यवहारबाट युरोप असन्तुष्ट बनेको छ । जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच झन्डै १० मिनेट कडा बहस चलेसँगै अमेरिकाले जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर पठायो ।

त्यसपछि जेलेन्स्कीले विवाद मिलाउन सकिने बताए पनि ट्रम्पले फर्कने सन्देश पठाउँदै दुवै नेताबीच हुने तय भएको संयुक्त पत्रकार सम्मेलन पनि रद्द गरिदिनुभयो । यो भेटलाई युक्रेनी खनिजमा अमेरिकाको पहुँच र रुस–युक्रेन युद्ध रोक्ने शुरुआतका रूपमा हेरिएको भए पनि परिणाम उल्टो भएको हो । ट्रम्प र जेलेन्स्कीबीच वार्तापछि विश्वभरबाट प्रतिक्रिया आउन शुरु भएको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लियनले युक्रेनलाई समर्थन गर्दै समाजिक सञ्जाल एक्समा लेखेर निडर बन्न भन्नुभएको छ । युरोपेली संघको विदेश नीति प्रमुख काजा कालासले युक्रेन युरोपको रहेको र आफूहरु युक्रेनको पक्षमा रहेको उल्लेख गर्नुभएको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले युक्रेनमाथि आफ्नो समर्थन जारी राख्ने बताउनुभएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले पनि युक्रेनलाई सहयोग जारी राख्ने बताउनुभएको छ । जर्मन चान्सलर ओलाफ स्कोल्जले युक्रेनलाई जर्मनी र युरोपको साथ रहने बताउनुभयो ।

पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले पनि युक्रेनको साथमा रहेको बताउनुभएको छ । बेलायती प्रधानमन्त्री कियर स्टार्मरले ट्रम्प र जेलेन्स्कीसँग कुरा गर्दै युक्रेनलाईसमर्थन जारी रहेको बताउनुभएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजीले पनि विज्ञप्ति निकालेर युक्रेनको समर्थन गर्नुभएको छ । अमेरिकामै पनि सांसदहरुले जेलेन्स्कीमाथीको व्यवहारको विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com