ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड रुपैयाँ


एबीसी न्यूज

काठमाडौं १६फागुन । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८१र०८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले यो अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ ।

विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजनालगायतमा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च भएको छ । यसरी गएको साउनदेखि पुस मसान्तसम्ममा प्राधिकरणको करकट्टी गर्नुअघि ११ अर्ब ३६ करोड रुपैयाँ नाफा देखिएको हो ।

आर्थिक वर्षा २०७२र७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्ष निरन्तर नाफामा छ । गएको आर्थिक वर्ष २०८०र०८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो । प्राधिकरणले नाफाबाट विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवम् सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनाहरूमा लगानी गर्दै आएको जनाएको छ ।

प्राधिकरणले ६ महिनाको विद्युत् बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ । यस अवधिमा प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीबाट १ अर्ब १५ करोड र अन्य निजी उत्पादक कम्पनीबाट ५ अर्ब १६ करोड गरी ६ अर्ब ३१ करोड युनिट विद्युत् खरिद भएको छ । खरिद भएको विद्युत्का लागि ३४ अर्ब ८४ करोड रुपैयाँ रकम भुक्तानी भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले भारतबाट २४ करोड २० लाख युनिट विद्युत् आयात गरी एक अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरेको छ । गएको साउनदेखि पुससम्ममा १ अर्ब ७७ करोड १८ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी भएको छ ।

यस अवधिमा सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेटअन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणका तर्फबाट १३ अर्ब ३५ करोड रुपैयाँ खर्च भएको छ । वैदेशिक सहायता सोझै भुक्तानीतर्फ १० अर्ब ४९ करोड रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चीनको ऐतिहासिक व्यापार अधिशेष : विश्व बजारमा निर्यातको बाढी

देउवा निवासमा कांग्रेसको त्रिपक्षीय वार्ता टोली पुग्यो

सम्बन्धित

चीनको ऐतिहासिक व्यापार अधिशेष : विश्व बजारमा निर्यातको बाढी

देउवा निवासमा कांग्रेसको त्रिपक्षीय वार्ता टोली पुग्यो

सभापति देउवा टिकटमा हस्ताक्षरबाट ब्याक हुन तयारः फेरि वार्तामा बस्ने महामन्त्रीद्धय

पार्टी फुटको संघारमा पुगेका बेला शेखर कोइराला के गर्दैछन् ? (भिडियो)

आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेसमा अन्तिम घडीको ड्रामा: देउवा र महामन्त्रीद्वय बीच निर्णायक भेट, फुट टार्ने वा निर्वाचनबाटै नयाँ नेतृत्व ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com