ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए


एबीसी न्यूज
फाल्गुन १६, २०८१ शुक्रबार  ७ : ४२ बजे

काठमाडौं १६फागुन । गएको वर्ष सन् २०२४ मा जापानको जन्मदर १ सय २५ वर्षयताकै कम भएको छ । युवाहरूले विवाह गर्न ढिलाइ गर्दा र वृद्ध जनसङ्ख्या बढ्दै जाँदा गएको वर्ष सन् १८९९ मा तथ्याङ्क राख्न शुरू गरेयताकै कम शिशु जन्मिएका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रारम्भिक तथ्याङ्क अनुसार सन् २०२४ मा विदेशी नागरिकसहित जापानमा सात लाख २० हजार नौ सय ८८ शिशु जन्मिएका थिए । यो सङ्ख्या सन् २०२३ को तुलनामा पाँच प्रतिशतले कम हो । त्यो वर्ष सात लाख ५८ हजार ६ सय ३१ जना शिशु जन्मिएका थिए ।

गएको वर्ष जापानमा जन्मिएका शिशुको सङ्ख्या सन् २०२३ मा मृत्युको सङ्ख्याको तुलनामा दोब्बरभन्दा बढी हो । सन् २०२३ मा मृत्यु हुनेको सङ्ख्या १ दशमलव ८ प्रतिशतले बढेर १६ लाख २० हजार जना पुगेको छ ।

जापानमा जनसाङ्ख्यिकीय सङ्कट गहिरो हुँदै गएको छ र जन्मदर गिरावटलाई उल्ट्याउने सरकारी प्रयासहरू असफल भइरहेका छन् । जापानको कुल जनसङ्ख्या यस महिना १२ करोड ३५ लाख ४० हजार जना पुगेको आन्तरिक मामिला मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यो सङ्ख्या एक वर्षअघिको तुलनामा शून्य दशमलव ४६ प्रतिशतले कम हो ।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले जनसङ्ख्या सङ्कटको सामना गर्नु आफ्नो शीर्ष प्राथमिकताहरूमध्ये एक रहेको बताउनुभएको छ । तर शिक्षाको उच्च लागत, स्थिर अर्थव्यवस्था र जीवनशैलीमा परिवर्तनले युवाहरूलाई परिवार शुरू गर्न निरुत्साहित गरेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com