ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्रमन्त्रीद्वारा राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्तसँग भेटवार्ता


एबीसी न्यूज

काठमाडौं १४ फागुन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गरेकी छन्। संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीयसत्रमा सहभागिताका लागि जेनेभामा रहेकी मन्त्री डा देउवाले बुधबार साइडलाइन भेटवार्ता गरेकी हुन्।

भेटका अवसरमा परराष्ट्रमन्त्री डा देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा विश्वकै उदाहरणीय एवं पथप्रदर्शक राष्ट्र रहेको भन्दै सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहिआएको बताइन्।

उनले नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै नागरिकका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूलाई मौलिक अधिकारका रूपमा व्यवस्था गरेको जानकारी गराउँदै नेपाल सरकार लोकतान्त्रिक मूल्य मान्यता, कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट गरेकी थिइन्।

मन्त्री डा देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनको निर्माण गरेर नेपाल सरकार तदारुकताका साथ अघि बढेको जानकारी दिँदै सङ्क्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउने प्रतिबद्धता पनि व्यक्त गरेकी थियन्।

उक्त भेटमा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसङ्घ महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मानवअधिकार तथा अन्तरराष्ट्रिय सन्धि सम्झौता महाशाखा प्रमुख राजेन्द्र थापालगायत थिए। रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कारबाहीपछि गगन र विश्वप्रकाश: ‘हामी जोखिम उठाउँदैछौं, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’

गगन थापा– ‘हामी नै आधिकारिक कांग्रेस, रुख र चारतारे झन्डा हामीसँग छ’

सम्बन्धित

कारबाहीपछि गगन र विश्वप्रकाश: ‘हामी जोखिम उठाउँदैछौं, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’

गगन थापा– ‘हामी नै आधिकारिक कांग्रेस, रुख र चारतारे झन्डा हामीसँग छ’

कांग्रेस सहमहामन्त्री फर्मूल्लाह मन्सूर पनि निष्कासित

कांग्रेस विवाद : देउवा पक्ष निर्वाचन आयोग पुग्यो, विशेष महाधिवेशन ‘नभएको’ दाबी

कांग्रेस संकट गहिरो : गगन–विश्वलाई कारबाहीको निर्णय सुनाउँदा पूर्णबहादुर भावविह्वल

गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com