ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दीप राई हङकङको ‘गुड सिटिजन अवार्ड’बाट सम्मानित


एबीसी न्यूज

काठमाडौं १४ फागुन । हङकङमा दीप राई असल नागरिक सम्मान ९गुड सिटिजन अवार्ड० २०२४ बाट सम्मानित भएका छन्। अपराधविरुद्धको लडाइँमा उत्कृष्ट योगदानको कदरस्वरुप राईलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो।

आइतबार वानचाइ प्रदर्शनी केन्द्रमा हङकङ प्रहरीद्वारा आयोजित एक कार्यक्रममा राईलाई प्रहरी प्रमुखले सम्मानपत्र प्रदान गरेका हुन्।

हङकङको याउमा तेईमा बस्ने राई प्युर फिटनेस नुड कम्पनीमा कार्यरत छन्। उनी यस कम्पनीका सुपरभाइजर हुन्। उनका पिता दिनेश राई पनि यसै कम्पनीमा आबद्ध छन्, उनी म्यानेजर हुन्।

हङकङमा दुई दशक बिताइसकेको यस परिवारको नेपालमा पुर्ख्यौली थलो धनकुटाको खोकु छिन्ताङ हो। पछिल्लो समय भने काठमाडौँको नखिपोटमा बसोबास छ।

गतवर्ष राई कार्यरत फिटनेस कम्पनीमा चोरी भएको थियो। चोरीको आरोप लागेकी चिनियाँ युवतीले अपराध अस्वीकार गरिन्।

सुपरभाइजर राईले प्रहरीलाई छानविनका लागि सहयोग गरे। सीसीटीभी फुटेज लगायतका प्रमाणबाट युवती नै चोरीमा संलग्न रहेको पुष्टि भयो।

समुदायमा घटेको क्रियाकलापमा अनुसन्धान गर्न प्रहरीलाई सहयोग पुर्‍याएको कदरस्वरुप उनलाई ‘गुड सिटिजन अवार्ड’ले सम्मान गरिएको हो।

सन् १९७३ बाट दिन सुरु गरिएको यस प्रकारको अवार्डमा २०२४ को अवार्ड पाउनेमध्ये अल्पसंख्यक समुदायबाट सम्भवतस् राई एक मात्र हुन्।

अपराधविरुद्धको लडाइँमा योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गर्न असल नागरिक पुरस्कार ९गुड सिटिजन अवार्ड ( जीसीए० योजना सुरु गरिएको हङकङ प्रहरी बलको वेबसाइटमा उल्लेख छ।

यो योजनाको उद्देश्य जनतालाई प्रहरीसमक्ष अपराध रिपोर्ट गर्न, साक्षीको रूपमा काम गर्न तयार हुन र उपयुक्त हुँदा अरूलाई मद्दत गर्न तयार हुन प्रोत्साहित गर्नु हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गगन थापा– ‘हामी नै आधिकारिक कांग्रेस, रुख र चारतारे झन्डा हामीसँग छ’

कांग्रेस सहमहामन्त्री फर्मूल्लाह मन्सूर पनि निष्कासित

सम्बन्धित

गगन थापा– ‘हामी नै आधिकारिक कांग्रेस, रुख र चारतारे झन्डा हामीसँग छ’

कांग्रेस सहमहामन्त्री फर्मूल्लाह मन्सूर पनि निष्कासित

कांग्रेस विवाद : देउवा पक्ष निर्वाचन आयोग पुग्यो, विशेष महाधिवेशन ‘नभएको’ दाबी

कांग्रेस संकट गहिरो : गगन–विश्वलाई कारबाहीको निर्णय सुनाउँदा पूर्णबहादुर भावविह्वल

गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

केन्द्रीय कार्य समितिमा पूर्णबहादुरको ब्रिफिङः गगन–विश्वले धोका दिए, पार्टी फुटतिर गयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com