ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्पत्ति शुद्धीकरण निवारणका व्यवस्था कार्यान्वयन नगरे कोषहरूलाई ५ करोडसम्म जरिवाना


एबीसी न्यूज

काठमाडौं १३ फागुन । नेपाल राष्ट्र बैंकले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ।

मंगलबार परिपत्र जारी गर्दै सो व्यवस्था कार्यान्वयन नगर्ने संस्थाहरुलाई ५ करोडसम्मको जरिवाना लाग्ने व्यवस्था गरिएको हो।

परिपत्रमा कोषहरूले ग्राहक पहिचान तथा सम्पुष्टि गर्नुपर्ने,सूचीकृत व्यक्ति, उच्चपदस्थ व्यक्ति, वास्तविक धनी व्यक्तिको पहिचान गर्नुपर्नेछ। यस्तै ग्राहक पहिचानका लागि सरलीकृत तथा बृहत् ग्राहक पहिचान संयन्त्र विकास गर्दै शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्ने प्रणालीको विकास गनुपर्ने उल्लेख गरिएको छ।

निर्देशनले नीति तथा कार्यविधि पालन नगरेको खण्डमा संस्थालाई न्यूनतम १० लाखदेखि ५ करोडसम्मको जरिवाना गर्ने जनाएको छ।

यस्तै ग्राहक पहिचानसम्बन्धी व्यवस्था कार्यान्वयन नगर्दा काल्पनिक नाममा कारोबार भएमा ५० लाखसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै संस्थाले उच्चपदस्थ व्यक्तिको पहिचान गर्ने प्रणालीको विकास नगरेको खण्डमा ५ करोडसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगन–विश्वको अटुट युगलबन्दी: नेविसंघबाट सुरु यात्रा, विशेष महाधिवेशनसम्मको विश्वास

सम्बन्धित

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

गगन–विश्वको अटुट युगलबन्दी: नेविसंघबाट सुरु यात्रा, विशेष महाधिवेशनसम्मको विश्वास

नेपाली कांग्रेसको नयाँ अध्याय: गगन थापाको नेतृत्वमा वैधानिकता दौड र आगामी चुनौतीहरू

कांग्रेसको वेबसाइटबाट हटाइयो गगन, विश्व र फरमुल्लाहको नाम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com