काठमाडौं १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले काठमाडौँ महानगरसहित देशका धेरै स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत बिहीन भएको भन्दै तत्काल पठाउन सरकारसँग माग गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको हितमा कहिल्यै काम नगरेको आरोप लगाएका हुन्।
ुगाउँगाउँमा सिंह गयो, दरबार गएन। ओली सरकारबाट जनताको कहिल्यै भलो भएन,ु उनले भने, ुआज काठमाडौं महानगरपालिकालगायत देशका धेरैभन्दा धेरै पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत ठप्प रोकिएर राखिएको छ। आज देशका सबै शिक्षक, कर्मचारीहरूका तलब ठप्प छन्। काठमाडौं महागरपालिकामा मात्रै सरसफाई गर्ने कर्मचारीले तलब खान पाएका छैनन्। यो ओली सरकारलाई पाप लाग्ला।ु
उनले सरकारको आडमा कर्मचारीलाई रोकेर स्थानीय तहलाई ठप्प नपार्न चेतावनी दिए।







प्रतिक्रिया दिनुहोस्